गाेल्डेन नेपाल मार्केटिङ प्रा.लिकाे १३ औँ शाखा लालबन्दीमा उद्घाटन

1k Shares

सर्लाहीको लालबन्दीमा गाेल्डेन नेपाल मार्केटिङ प्रा.लिकाे १३ औँ शाखाकाे रुपमा लालबन्दी शाखाकाे उद्घाटन गरिएको छ । लालबन्दीमा  प्राकृतिक  वस्तुहरुकाे प्रत्येक्ष बिक्रीवितरण गर्ने  उद्देश्यले शाखा कार्यालय उद्घाटन गरिएको लालबन्दी शाखाका प्रमुख विनाेद पाैडेलले जानकारी दिए ।उनका अनुसार सन् २०२१ मा बुटवल रुपन्देहीमा कार्यालय स्थापना गरेकाे गाेल्डेन नेपाल मार्केटिङ प्रा.लिकाे स्थापना भएको यस कम्पनीले क्रमागत रुपमा देशैभर शाखा कार्यालयहरु स्थापना गर्ने लक्ष्य राखेकाे छ ।

स्वास्थ्य,समृद्धी  र खुसी प्राप्त गर्ने राष्ट्रिय अभियान,रासायनिक मल तथा विषादी प्रयाेग नगरी उत्पादन भएका खानेकुराहरु,वातावरणीय प्रदुषण र मेकानिकल(ईलेक्ट्रीकल) प्रदुषण,पेशागत व्यस्तता,तनाव र आर्थिक समस्या,खानपान र जीवनशैलीमा सुधारात्मक गतिमा लैजान आवश्यक देखिएकाले आफुहरुले  गाेल्डेन नेपाल मार्केटिङ प्रा.लिकाे स्थापना गरेकाे कम्पनीका संस्थापक प्रशिक्षक राम शरण थापाले बताए ।अहिलेकाे समयमा हरेक मानिसले राेगमुक्त र तनाव मुक्त शरिर बनाउने अभियानमा लागेका कारण आफ्नाे कम्पनीले उत्पादन गरेका उत्पादीत बस्तुहरुले त्यसलाई परिपुर्ति गर्ने कम्पनीका संस्थापक प्रशिक्षक तथा मोटिभेटर गोभिन्द श्रेष्ठले बताए । कम्पनी स्थापना भएको छ महिना मै पुर्वाञ्चलका लागि आधिकारीक शाखाकाे रुपमा लालबन्दीमा शाखा स्थापना हुँदै १३ औँ  शाखा विस्तार गर्न सफल हुनुमा संस्थापक सदस्यहरुका साथै आधिकारिक विक्रेताहरु नै रहेका संस्थापक सदस्य रत्नकाजी श्रेष्ठले बताए ।

नेपाल सरकारबाट बस्तुको प्रत्येक्ष बिक्रीवितरण गर्न ईजाजत प्राप्त गोल्डेन नेपाल मार्केटिङ प्रा. ली मार्फत देशव्यापी अवसरको खोजिमा भौतारि रहेका सक्षम युवारुलाइ स्वदेशमै उद्यमशिल बनाउन र जीविकाेपार्जनका लागि प्रेरित गर्ने लक्ष्य सहित कम्पनीको स्थापना गरि शाखा विस्तार गरिएको कम्पनीका संस्थापक प्रशिक्षक तथा तालिम व्यवस्थापक सविन खड्काले बताए ।कम्पनीका संस्थापक गाेभिन्द श्रेष्ठकाे प्रमख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा सविन खड्का,विनाेद पाैडेल,समीर सुदेवी लगायतका गाेल्डेन नेपाल मार्केटिङ प्रा.लिका संस्थापक सदस्यहरु, आधिकारिक बिक्रेताहरुका साथै उपभोक्ताहरुकाे विशेष उपस्थिति रहेकाे छ ।

सम्बन्धित समाचार