हरिवन नगरपालिका ११ मा सांघातिक आक्रमणमा परि ८ जना गंभिर घाईते,प्रहरी माैन

2.3k Shares

सर्लाहीको हरिवन नगरपालिका ११ बालगंगामा सांघातिक आक्रमणमा परि  ८ जना घाईते भएका छन् । हरिवन नगरपालिका ११ बालगंगा स्थित भित्रि सडकमा ढल निकासको विषयमा सामान्य विवाद हुँदा हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाका भाई रेहान रेजको टोलीले सांघातिक आक्रमण गर्दा स्थानिय  ८ जना गंभिर घाईते भएका हुन ।
हरिवन नगरपालिका ११ बालगंगा स्थित भित्री सडक खण्डमा ढल निकास गर्ने विषयमा केही दिन पहिला पनि सामान्य विवाद भएको र मंगलबार साँझ करिब ७ बजे सामान्य विवाद भएको र घटनास्थलमा ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारको अगाडि वडा अध्यक्ष रेजाका भाई रेहाको टोलीले रड लगायतका अन्य सामाग्रीले आक्रमण गर्दा हरिवन नगरपालिका ११ बालगंगाका अजर मन्जर,आल्म्वीर हुसेन,शेख अस्फाक,मन्जर अखिल,मोहमद चाँद,लालबाबु शेख,अप्सा खातुन र मिविन आलम गंभिर घाईते भएका छन् ।
८ जना माथि सांघातिक आक्रमण हुदा समेत प्रहरी निरिक्षक ताम्राकार घटनास्थल पुग्दा समेत आक्रमण हुदा समेत प्रहरी मौन  बसेको स्थानीयको आरोप छ । प्रहरी निरिक्षक ताम्राकारलाई कमसेकम घटना रोक्नुस भन्ने स्थानियको माग भघपनि प्रहरी निरिक्षक ताम्राकारले आफुलाई हरिवनमा बस्न मन नभएको बताएका छन् ।
मगंलबार साँझ सामान्य विवाद भएको र पछि ९ः३० बजे निर्वाचित वडा अध्यक्ष रेजाका भाई रेहानको टोलीले प्रहरीको अगाडि नै स्थानिय माथि रड प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।  ठुलो घटना हुँदा समेत प्रहरी मौन बस्नुले प्रहरीको मिलेमतो रहेको स्थानियको दावी छ ।

सम्बन्धित समाचार