विष्णु गाउँपालिकामा कोको ?

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१५ गते   १७४१ पटक हेरिएको

सर्लाहीको विष्णु गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले जित निकालेका छन् । गाउँपालिका अध्यक्ष पदका कांग्रेसका उम्मेदवार जवाहरलाल यादवले ३ हजार २ सय ११ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विजयकुमार यादवले ३ हजार ८० मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्ष कांग्रेसकी उम्मेदवार उषा देवी २ हजार ९ सय ४९ मत सहित विजयी हुँदा उहाँकी निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सुनिता देवी जसवालले २ हजार ४ सय ७० मत प्रापत गर्नु भयो ।
यस्तै ८ वटा वडा रहेको विष्णु गाउँपालिकाको वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका विकाउ ठाकुरले ३ सय ५४ मत, २ नम्बमा नेकपा(माओवादी केन्द्र) का मनोज प्रसाद यादव ३ सय ३१ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका जय कुमार चौधरी ४ सय ९० मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका विनोद राय यादव ३ सय ७१ मत, वडा नम्बर ५ मा जनता समाजवादीका कमोद राय यादव ४ सय ७६ मत, वडा नम्बर ६ मा कांग्रेसका नन्द किशोर यादव ८ सय ५४ मत, वडा नम्ब ७ मा जनता समाजवादी पार्टीका निरस राउत ४ सय ५७ मत र वडा नम्बर ८ नम्बरमा जनता समाजवादी पार्टीका जवाहर लाल राय ५ सय ७४ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech