Close This

कोरोना मुक्त हुनेहरुलाई सम्मानपूर्वक बिदाइ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१८ गते   ६६९ पटक हेरिएको

कोरोना मुक्त हुनेहरुलाई सम्मानपूर्वक बिदाइ गरिदै गर्दाको अवस्था

कोरोना (कोभिड– १९) संक्रमण भएका कतिपय नागरिकलाई समाजमा अपहेलनासहित सामाजिक बहिस्कार गरेका घटना सार्वजनिक भइरहँदा सर्लाहीमा भने कोरोना जितेकाहरूलाई सम्मानपूर्वक बिदाइ गरिएको छ ।
 विभेद गरिएका कतिपय घटनालाई लक्षित गरी यस्ता घटनाको अन्त्य गर्न र संक्रमितको मनोबल उच्च बनाउन सम्मानपूर्वक घर पठाइएको हो । बुधबार सर्लाहीको लालबन्दीबाट १२ जना र बिहीबार १२ जना गरी २४ जना त्यसैगरी  होम आइसोलेसनमा बसेका ९ जना गरी ३३ जना कोरोनामुक्त भई घर फर्किएका छन् ।
लालबन्दी नगरपालिका २ स्थित कृषि सामाग्री कम्पनी लिमिटेडको भवनमा निर्माण गरिएको आइसोलेसनमा रहेका उनीहरूमा दोस्रोपटकको पिसिआर परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएपछि बुधबार डिस्चार्ज गरेको नगर स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र कुमार खतिवडाले जानकारी दिनुभयो । उनीहरूलाई सरोकारवाला निकायका प्रमुखहरूको उपस्थितिमा सम्मान गर्दै बिदाइ गरिएको थियो । 
आइसोलेसनकोे प्रांगणमा आयोजित कार्यक्रममा ३३ जनालाई टीका र खादा लगाएर डिस्चार्ज गरेको स्वास्थ्य सहसंयोजक खतिवडाले बताउनु भयो ।समाजमा सकारात्मक सूचना प्रवाह र बहिस्कारका घटना हुन नदिन विशेष तरिकाले बिदाइ गरेको उहाँको भनाई छ । डिस्चार्ज हुनेहरूमा गैरसरकारी संस्थाका प्रतिनिधि,सुरक्षाकर्मी र स्थानियबासी रहेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech