184
Shares
प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उमाप्रसाद चतुर्वेदीले सर्लाहीमा आएर सुरक्षा अधिकारीहरुसँग भेट गरेका छन्।नेपाल सरकारले मधेशमा निर्वाचन सुरक्षाबारे बुझ्न खटाएका एआईजी चतुर्वेदीले सर्लाहीमा आएर सुरक्षा अधिकारीहरुसँग भेट गरेका हुन ।
उनले निर्वाचन सुरक्षा तयारी र रौतहट घटनापछि सर्लाहीको अवस्थाबारे सर्लाहीका सुरक्षा अधिकारीहरुसँग जानकारी लिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।एआइजी चतुर्वेदीले सुरक्षा अधिकारीसँग छलफल गरेपछि अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी अधिकारीहरुलाई थप निर्देशन समेत दिएका छन् ।रौतहट घटनापछि सर्लाहीका सुरक्षा निकाय उच्च सुरक्षा सावधानीका साथ तैनाथ भएका छन् ।