घ्याङलेखमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारबाट सुरु हुने

225 Shares

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारबाट सुरु हुने भएको छ ।“राष्ट्रको लागि खेलकुद,स्वास्थ्यको लागि खेलकुद”भन्ने नारासहित घ्याङलेख गाउँपालिकामा बिहीबारबाट चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने आयोजक घ्याङलेख गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष अविनास वाइबाले जानकारी दिए ।उनका अनुसार घ्याङलेख गाउँपालिका ४ गोपेको जनजागृति मा.वि.को खेलमैदानमा तीन दिन अर्थात कात्तिक २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ ।
प्रतियोगितामा छात्र–छात्रा भलिबल,छात्र कबड्डी,एथ्लेटिक्सतर्फ सय र दुई सय मिटर दौड, छात्र–छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटपुट जस्ता खेलहरू समावेश गरिएको आयोजकले जनाएको छ ।बागमती प्रदेश सभा सदस्य एवम निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने प्रतियोगितामा गाउँपालिका भित्रका छ वटा माध्यमिक विद्यालयहरू सहभागी हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशःनगद रु ३० हजार, २० हजार र रु १० हजारसहित शिल्ड,मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ । 

सम्बन्धित समाचार