नेकपा(माओवादी केन्द्र)निकट योङ्ग कम्युनिस्ट लिग(वाइसिएल)नेपालले सर्लाहीको लालबन्दी नगरपालिका ५ को मुसहर बस्तीमा न्यानो कम्बल वितरण गरेको छ।योङ्ग कम्युनिस्ट लिग(वाइसिएल)नेपालले आफ्नो ४३ औँ स्थापना दिवशको अवसरमा वर्तमान अवस्थामा जाडो तथा शितलहरबाट आक्रान्त भएका लालबन्दी नगरपालिका ५ बेतिनीका ४५ मुसहर परिवारलाई न्यानो कम्बल वितरण गरेको योङ्ग कम्युनिस्ट लिग (वाइसिएल)नेपाल सर्लाहीका सचिव घमराज श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार योङ्ग कम्युनिस्ट लिग(वाइसिएल)नेपालकका केन्द्रीय सचिव समिर बराईलीको प्रमुख आतिथ्यता तथा सर्लाही जिल्ला इन्चार्ज नविन थापाको विशेष उपस्थितिमा भएको न्यानो कपडा वितरण कार्यक्रममा योङ्ग कम्युनिस्ट लिग(वाइसिएल)नेपाल सर्लाहीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।

माओवादी केन्द्रको मेरुदण्डको रुपमा रहेको योङ्ग कम्युनिस्ट लिग(वाइसिएल)नेपालले आफ्नो स्थापना दिवशका साथै अन्य समयमा पनि विभिन्न किसिमका सामाजिक कामहरु गर्दै आएको छ।समाजमा हुने अन्याय अत्याचार र विभेदका साथै भ्रष्ट्राचार र कालोबजारीहरुका घटनामा खुलेर प्रतिवाद गर्दै सामाजमा हुने सामाजिक काममा योङ्ग कम्युनिस्ट लिग(वाइसिएल)नेपाल सधैँ अगाडि रहेको योङ्ग कम्युनिस्ट लिग(वाइसिएल)नेपाल सर्लाहीका इन्चार्ज थापाले बताए ।
