निजी वन सम्बन्धि संघ/संस्थाहरुकाे क्षमता अभिबृद्दि तालिम गाेष्ठी सम्पन्न

280 Shares

सर्लाहीका निजी वन सम्बन्धि संघ ÷संस्थाहरुको क्षमता अभिबृद्धि तालिम गोष्ठी सम्पन्न भएको छ। जागृति महिला विकास सेवा केन्द्र मलंगवाको आयोजना तथा डिभिजन वन कार्यालय सर्लाहीको सहयोगमा निजी वन सम्बन्धि संघ÷संस्थाहरुको क्षमता अभिबृद्धि तालिम गोष्ठी सम्पन्न गरिएको डिभिजन वन कार्यालय सर्लाहीका योजना शाखा प्रमुख लक्ष्मण साफीले जानकारी दिए ।
उनका अनुसार निजी वन महासंघ सर्लाही की अध्यक्ष सीता मैनालीको अध्यक्षता तथा डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजनल वन अधिकृत सन्तोष कुमार झाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। क्षमता अभिबृद्धि तालिक तथा गोष्ठी कार्यक्रममा निजी वनको महत्व, निजी वन व्यावस्थापन र विस्तारका योजनाहरुका साथै समस्याहरुको विषयमा अन्तरक्रिया गरिएको डिभिजन वन कार्यालय सर्लाहीका डिभिजनल वन अधिकृत एवम प्रमुख झाले बताए।उनका अनुसार निजी वन व्यवस्थापन सम्बन्धि कानुनी तथा नितिगत व्यवस्थाहरु र सुधार गर्नुपर्ने अवस्था,निजी वनको संरक्षण तथा प्रवद्र्धनका सवालहरुका कामहरु, निजी वन दर्ता प्रकृया,निजी वन दर्ता तथा व्यवस्थापनका लागि भएको सरकारी गतिविधिहरु तथा आर्थिक व्यवस्थापनका सवालहरुमा अन्तरक्रिया गरिएको हो ।
देशभरमै सबै भन्दा बढी स्थानीय तहहरु रहेको सर्लाहीमा ८६ वटा सामुदायिक वन समुहहरु रहेका छन् भने करिब १९ वटा निजी वनहरु रहेका भएपनि त्यसको व्यवस्थापनमा सरोकारवाला निकायको ध्यान नपुगेको सहभागीहरुले बताएका छन् ।

सम्बन्धित समाचार