शिव शक्ति सहकारीको २२ औं र नेत्रगंज सहकारीको २३ औं साधारण सभा

318 Shares

सर्लाहीको हरिपुर स्थित रहेको शिव शक्ति बचत तथा ऋण सहकारी संस्था लि.हरिपुरले आर्थिक वर्ष २०८०/०८१ मा दुई करोड बढीको आय/व्यय प्रस्तुत गरेको छ।शनिबार भएको संस्थाको २२ औं वार्षिक साधारण सभा मार्फत सहकारीले आर्थिक वर्ष २०८०/०८१ रु दुई करोड १९ लाख ३५ हजार पाँच सय ५३ बराबरको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेको सहकारीका अध्यक्ष रमेशकुमार साहले जानकारी दिए ।कुल एक हजार पाँच सय ३५ जना शेयर सदस्य रहेको सहकारीमा साधारण सभामा भने  आठ सय १७ जनाको मात्रै उपस्थिति रहेको थियो।
 पुर्व संविधान सभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा भएको सहकारीको साधारण सभामा सहकारी रजिस्ट्रार कार्यालय जनकपुरका प्रतिनिधि,हरिपुर नगरपालिकाका जनप्रतिनिधिहरुका साथै शेयर सदस्य हरुको उपस्थिति रहेको थियो।सहकारीले साधारणसभा मार्फत आफ्ना शेयर सदस्यहरुका छोरीलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने,अन्तर सहकार्य भ्रमण गर्ने,वचत प्रोत्साहन लगायतका योजनाहरु ल्याएको छ ।सहकारीले राम्रो कारोवार गर्ने ३५ जना सदस्यलाई सम्मान समेत गरेको छ 
त्यसैगरी लालबन्दी १,नवलपुर स्थित रहेको नेत्रगंज महिला बचत तथा ऋण सहकारी संस्थाको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा रु आठ करोड ८१ लाख नौ सय ९७ रुपैयाँ ३७ पैसा कूल कारोवार गरी रु १९ लाख १९ हजार चार सय २१ रुपैयाँ १६ पैसा मूनाफा आर्जन गरेको सहकारीकी अध्यक्ष मन्दिरा आचार्यले जानकारी दिईन् ।सभामा संस्थाका सहकारीको साधारण सभामा बाल बचतकर्ता,अन्य बचतकर्ता, ऋणीलगायतलाई सम्मान गरिएको सहकारीकी व्यवस्थापक तुलसी कुमारी पौडेलले जानकारी दिईन।

सम्बन्धित समाचार