शहीद कोइराला परिवारको घर बनाउन बागमती नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक दिने

3.5k Shares

सर्लाहीको बागमती नगरपालिकाका जनप्रतिनिधिले सर्लाही जिल्लाबाट जनयुद्धका क्रममा पहिलो शहीद भएका इन्द्र कोइरालाको परिवारको घर निर्माणका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।
बागमती नगरपालिकाका जनप्रतिनिधि र नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी सदस्यहरुकोे सयुक्त बैठकले जनप्रतिनिधिहरुको साउन महिनाको पारिश्रमिक शहीद कोइराला परिवारको आवास निर्माण र क्यासर पीडित नेतृ माया बल उपचार कोषमा दिने सर्वसम्मत निर्णय गरेको बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले कमलामाई मिडिया प्रालीलाई जानकारी दिनु भयो ।
बागमती नगरपालिकाका सबै जनप्रतिनिधिले उपलब्ध गराउने साउन महिनाको पारिश्रमिक बापतको रकम रु ६ लाख २० हजार ७ सय ३० हुने र अन्य शुभेच्छुकबाट पनि रकम प्राप्त हुने क्रम जारिरहेको नेकपा(माओवादी केन्द्र) सर्लाहीले जनाएको छ ।
कोइराला जनयुद्धका क्रममा २०५५ साल कार्तिक १० गते शहीद भएका थिए । क्यासर पीडित नेतृ माया बल तत्कालिन माओवादीले जनयुद्ध सुरु गरेको एक वर्ष पछि २०५३ साल देखि राजनीतिमा सकृय रहनु भएको वाईसीएल प्रदेश कमिटी संयोजक शन्देस श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार नेकपा (माओवादी केन्द्र ) सर्लाहीले यस अघिनै शहीद कोइराला परिवारको ४ कोठे पक्की घर निर्माणका लागि शिलान्यास गरिसकेको छ, त्यस्तै नेतृ बललाई औषधि उपचारको लागि मासिक रु ५० हजार दिने निणर्य गरिसकेको छ ।
शहीद कोइराला परिवारको भवन निर्माणको अनुमानीत लागत रु २१ लाख रहेको संयोजक श्रेष्ठले बताउनु भयो । नपुग रकम पार्टीका जिल्ला कमिटी सदस्य,केन्द्रिय सदस्य,जनप्रतिनिधिहरुबाट स्वैच्छिक चन्दा संकलन गरेर भवनको निर्माण सम्पन्न गरिने उहाँको भनाई छ । भवन निर्माणका लागि बागमती नगरपालिकाले वडा नं.—१२ बथानेमा जग्गा उपलब्ध गराएको संयोजक श्रेष्ठले कमलामाई मिडिया प्रालीलाई जानकारी दिनु भयो । भवनको निर्माण सम्पन्न भए पछि कोइरालाले सहादत प्राप्त गरेकै दिन कार्तिक १० गते उहाँकी श्रीमती लक्ष्मी कोइरालालाई भवन हस्तान्तरण गरिने नेकपा(माओवादी केन्द्र) सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार