Close This

रामनगर गाउँपालिकाको कुन वडामा कुन पार्टी निर्वाचित ?

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१३ गते   २६२ पटक हेरिएको

जिल्लाको रामनगर गाउँपालिकामा देश भर कै दोस्रो कान्छा २२ वर्षे युवा उम्मेदवार निर्वाचित हुनु भएकोछ ।नेकपा (माओवादी केन्द्र)को तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका राजा बाबु यादव ४ हजार ८१ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३ सय ९२ मत ल्याउनु भयो । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का पुरषोतम प्रसाद चौधरीले १ हजार ६ सय ३४ मत प्राप्त गनृुभयो ।
रामनगर गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकै गीता देवी ३ हजार ५ सय २३ मत ल्याएर विजयी हुँदा कांग्रेसकी कोशिला साहले २ हजार ६ सय ३७ मत ल्याउनु भयो । तेस्रो स्थानमा रहेकी एमालेकी निलम यादवले १ हजार ७ सय ८७ मत प्राप्त गर्नुभयो ।
७ वटा वडा रहेको रामनगर गाउँपालिकामा वडा नम्बर १ मा नेकपा(माओवादी केन्द्र)का ब्रहमदेव चौधरी ४ सय ८६ मत , वडा नम्बर २ मा नेकपा(माओवादी केन्द्र)का सदानन्द यादव ७ सय ७६ मत, वडा नम्बर ३ मा नेकपा(माओवादी केन्द्र)का अजय यादब ४ सय ५५ मत, वडा नम्बर ४ मा नेकपा एमालेका बिरेन्द्र ठाकुर ८ सय ८४ मत, वडा नम्बर ५ मा नेकपा (माओवादी केन्द्र)का श्रीनन्दन प्रसाद यादव ६ सय ७७ मत, वडा नम्बर ६ मा नेपाली कांग्रेसका गुदर साह ५ सय ४७, र वडा नम्ब ७ मा नेपाली कांग्रेसका गौरी शंकर पंडित कुम्हार ५ सय १३ मत ल्याउँदै निर्वाचित हुनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech