सर्लाहीको लालबन्दी नगरपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ का लागि नदीजन्य पदार्थको उत्खन्न गर्न भन्दै ठेक्का लगाएको कालिन्जोर खोलको उत्खन्नको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा उजुरी परेको रहस्य फेला परेको छ।लालबन्दी नगरपालिकाले २०८२ साउन ९ गते कालिन्जोर खोलाको ७९ हजार ८३ घनमिटर ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न,संकलन तथा बिक्रि वितरणका लागि भन्दै बोलपत्र आव्हान गरेकोमा सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित रहेको कुण्डलिनी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले रु एक करोड ८० लाख ८० हजार दुई सय २६ मा ठेक्का सकार गरेको थियो ।
कालिन्जोर खोलाको ७९ हजार ८३ घनमिटर नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न, संकलन तथा बिक्रि वितरणका लागि आव्हान गरिएको बोलपत्रमा कमलामाई नगरपालिका–६ स्थित रहेको कुण्डलिनी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले रु एक करोड ८० लाख ८० हजार दुई सय २६ मा ठेक्का सकार गरेको २०८२/०५/१९ मा प्रकाशन गरिएको आशयमा उल्लेख गरिएको छ ।
नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न,संकलन तथा बिक्रि वितरणका लागि ठेक्का आव्हान गर्दा वातावरणिय प्रभाव मुल्यांकन(आईई)स्वीकृत नगरेको र “ढुङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७”को पालना नगरेको भन्दै लालबन्दी नगरपालिका–१७ का स्थानीय भरत बहादुर थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गरेका रहस्य फेला परेको छ ।
थापाले २०८२ माघ २९ मा निवेदन पेश गरि २०८३ बैशाख ३ मा उजुरी दर्ता नम्बर C–०५७२७० ले लालबन्दी नगरपालिका,जिल्ला समन्वय समिति सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही,डिभिजन वन कार्यालय लालबन्दी सर्लाही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासलाई विपक्षी बनाइएको छ ।
लालबन्दी नगरपालिका,जिल्ला समन्वय समिति सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही, डिभिजन वन कार्यालय लालबन्दी सर्लाही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोली कालिन्जोर खोलामा स्थलगत नाँपजाँचका लागि पुगेपछि सरोकारवाला निकायको चासोको सवालमा खोजी गर्ने क्रममा उनीहरु विरुद्ध अख्तियारमा उजुरी परेको रहस्य फेला परेको हो ।
उत्खनन् स्थल पुर्व पश्चीम राजमार्गबाट करिब एक किलो मिटरको दुरीपनि नरहेको ७०÷७५ मिटर चौडाई रहेको खोलाको आईई नै नगरी उत्खनन् सुरु गरिएको,४५/४६ वटा टिपरहरु सहित चार/पाँच वटा स्काभेटर प्रयोग गरिएको जुन आईई तथा “ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७”विपरित रहेको पाइएपछि सो सम्बन्धमा लालबन्दी नगरपालिका, डिभिजन वन कार्यालय लालबन्दी सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही र जिल्ला समन्वय समिति सर्लाहीलाई लिखित तथा मौखिक जानकारी गराउँदा वेवास्था गर्नुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा उजुरी गर्दापनि वेवास्था गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा उजुरी गरेको उजुरीकर्ता थापाले बताए ।
उनका अनुसार नापजाँच गर्दा पनि उत्खनन स्थलको प्रतिनिधिमुलक क्षेत्रको मात्रै नापजाँच गरिएको,गहिराइका साथै लम्बाइ चौडाईको नापजाँच नगरिएको हुँदा लालबन्दी नगरपालिका, जिल्ला समन्वय समिति सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही,डिभिजन वन कार्यालय लालबन्दी सर्लाही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासलाई उन्मुक्ति दिलाउने काम भएको छ ।
लालबन्दी नगरपालिका,जिल्ला समन्वय समिति सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही, डिभिजन वन कार्यालय लालबन्दी सर्लाही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले आर्थिक चलखेल गरेर मापदण्ड विपरित उत्खनन गरी नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्,संकलन तथा बिक्रि गरिएको र उत्खनन्,संकलन तथा बिक्रि गरिएको नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी,बालुवाको एकीन तथ्यांक कसैसंग नरहेको उजुरीकर्ता थापाले आरोप लगाए ।
यता,सो विषयमा लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलले लालबन्दी नगरपालिका,जिल्ला समन्वय समिति सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही, डिभिजन वन कार्यालय लालबन्दी सर्लाही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले गरेको नापजाँचमा ठेक्का बमोजिमको परिमाण संकलन भई सकेको पाईएको बताए।उनका अनुसार शनिबार नापजाँचको काम सकिएको र अनुमानित ठेक्का बमोजिमको परिमाण संकलन भई सकेको पाइएको हो।ठेकेदार कम्पनीले अन्तीम किस्ता वापतको रु ५७ लाख नगरपालिकालाई तिर्न बाँकी रहेको छ भने करिब एक करोड १९ लाख धरौटी राखेको छ ।
लालबन्दी नगरपालिका १७ का थापाले आफ्नो नीजि जग्गाबाट नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी, बालुवा उत्खनन गर्न पाउँ भन्दै पटक पटक नगरपालिकामा आएर निवेदन दिएकामा नगरपालिकाबाट प्राविधिक टोली पठाएर स्थलगत अवलोकन गर्दा फुलजोर खोला उकास जमिन रहेको र त्यहाँ नदीजन्य पदार्थ धेरै रहेकाले नगरपालिकाले थापाको प्रस्तावमा सहमती नजनाएपछि त्यसको प्रतिशोधमा थापा अख्तियारमा उजुरी गर्न गएका लालबन्दी नगरपालिकाले जनाएको छ ।
तर लालबन्दी नगरपालिकाले उक्त खोला ठेक्का लगाएको भएपनि जनस्तरबाट गुनासो आएपछि मात्रै स्थलगत अनुगमन गर्ने गरेको थियो भने जिल्ला प्रशासन कार्यालय सर्लाही सबै काम पालिकाको हो भन्दै पच्छिने गरेको थियो ।त्यस्तै जिल्ला समन्वय समिति सर्लाहीले अनुगमनको काम गर्नु पर्नेमा कमिसन असुलीमा समन्वय गर्ने गरेको उजुरीकर्ता थापाको आरोप छ ।