वार्षिकोत्सवको अवसरमा वृद्धा आश्रमलाई सहयोग

3k Shares

सर्लाहीको लालबन्दी नगरपालिका २ मा रहेको  पद्म भुवनेश्वरी नमूना वृद्धा सेवाश्रमलाई मिष्ठान भोजनका लागि सहयोग प्राप्त भएको छ ।उज्यालो अभियान मिडिया नेटवर्क प्रालिले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा पद्म भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा रहेका बृद्धबृद्धा आमा बुबाहरुलाई मिष्ठान्न भोजना गराउन सहयोग स्वारप आर्थिक सहयोग गरेको हो ।

प्रालिका सञ्चालक एवं नेपाल पत्रकार महासंघ सर्लाही शाखाका प्रमुख अध्यक्ष रोशन न्यौपानेले आश्रमका संरक्षक बासुदेवशरण कोइरालालाई रु ५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो । चेक बुझ्दै आश्रमका संरक्षक कोइरालाले विशुद्ध सेवाभावले सञ्चालन भइरहेको वृद्धा आश्रमलाई दीर्घकालसम्म सञ्चालनका लागि सहयोग गर्न सबै पक्षसँग आग्रहगर्नु भयो ।
उज्यालो अभियान मिडिया नेटवर्क प्रालिका सञ्चालकहरुले बिहिवार दिउँसो आश्रममै पुगेर चेक हस्तान्तरण गरेको उज्यालो अभियान नेटवर्क प्रालिका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिनु भयो । प्रालिले उज्यालो अभियान दैनिक पत्रिकार सञ्चालन गर्दै आएको छ । गत वर्ष जेठ १५ गते गणतन्त्र दिवसकै अवसर पारेर पत्रिकाको प्रकाशन सुरु गरिएको थियो । 

सम्बन्धित समाचार