२८ हजार जनाको राष्ट्रिय परिचय पत्र कार्ड छापिएर जिल्ला प्रशासन कार्यालय सर्लाही आईपुगेकाे छ । जिल्ला प्रशासन कार्यालय सर्लाही मै गएर बायोमेट्रिक दर्ता गराएका २८ हजार जनाको राष्ट्रिय परिचय पत्र कार्ड छपाई गरी राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागले पठाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए। उजका अनुसार जिल्ला प्रशासन कार्यालयले टोली परिचालन गरि सम्बन्धित पालिकाहरु मै पुगेर विवरण लिएकाको थियाे ।
जिल्लामा प्राप्त राष्ट्रिय परिचय पत्र ‘एक्टिभ’ गर्ने र
अन्य आन्तरिक तयारी पूरा गरी सकेपछि सेवाग्राहीहरुलाई कार्ड वितरण गर्न सुरु गरिने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
जिल्ला प्रशासन कार्यालयले केही समयअघि पालिकाका वडा तथा विद्यालय लगायतका स्थानमा टोली राखेर जिल्लाका २० वटै स्थानीय तहमा तीन लाख १९ हजार दुई सय ७२ जनाको राष्ट्रिय परिचय पत्रका लागि विवरण लिएकाे थियाे । तर उहाँहरुको परिचय पत्र छापिएर आउन बाँकी रहेकाे सहायक प्रमुख जिल्ला अधिकारी हाेम प्रसाद घिमिरेले जानकारी दिए।
राष्ट्रिय परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालय सर्लाही,इलाका प्रशासन कार्यालय हरिवन र ईलाका प्रशासन कार्यालय बरहथवाबाट अहिले पनि नियमित विवरण लिने काम भइनै रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएकाे छ ।