भारत सरकारद्वारा हालै पाकिस्तानका नौ स्थानमा गरिएको“अपरेशन सिन्दूर”मा नेपाल–भारत खुला सीमा संवाद समूहले पूर्ण समर्थन प्रकट गरेको छ।समूहका केन्द्रीय अध्यक्ष डा.राजीव झाले बुधबार प्रेस विज्ञप्ति जारी गरी भारत सरकारद्वारा पाकिस्तानका नौ स्थानमा गरिएको“अपरेशन सिन्दूर”मा पूर्ण समर्थन रहेको जनाएका हुन ।“यस अपरेशन अन्तर्गत भारतीय सुरक्षा फौजले आतंकवादको जरो उखेल्ने प्रयास स्वरूप ती स्थलहरूमा रहेको आतंकवादी अड्डाहरूलाई लक्षित आक्रमण गरेको छ।”विज्ञप्तिमा भनिएको छ ।

समुहका अध्यक्ष डा.झाले जारी गरेको विज्ञप्तिमा“हामी विशेष रूपमा स्मरण गराउन चाहन्छौं कि ती आतंकवादीहरू नेपाली नागरिक सुदीप न्यौपानेको निर्मम हत्या र भारत तथा अन्य मुलुकमा ठूला आतंकवादी हमला गर्ने योजनामा संलग्न थिए।”भनिएको छ।जहाँ भारतीय सुरक्षा बलद्वारा गरिएका आक्रमण सम्पूर्ण मानवता र शान्तिका लागि भएको कारबाहीको संज्ञा भनिएको छ ।

भारतीय कारबाहीप्रति नेपाल सरकारसँग पनि समर्थन जनाउन माग गरेको छ ।“आतंकवाद कुनै देश,धर्म वा समुदायको पक्षमा छैन,यो सम्पूर्ण मानव जातिका लागि खतरा हो ।” खुला सीमा सम्वाद समूहले भनेको छ ।नेपाल–भारत खुला सीमा संवाद समूह आतंकवाद विरुद्ध भारतको स्पष्ट र निर्णायक कदमको प्रशंसा गर्दै सम्पूर्ण दक्षिण एशिया शान्ति,स्थायित्व र सुरक्षा तर्फ अग्रसर हुने समुहले आशा व्यक्त गरेको छ ।