हरिवनका ४५ विपन्न परिवारलाई फाईवर सिरक वितरण

313 Shares

सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न वडाका ४५ विपन्न परिवारलाई न्यानो सिरक वितरण गरिएको छ।अचानक बढेको चिसो र शीतलहरका कारण न्यानो कपडा नभएर कठ्याङ्ग्रिने अवस्थामा पुगेका हरिवन नगरपालिकाका विभिन्न वडाका ४५ परिवारलाई जननी शैलेश फाउण्डेसनले फाइबर सिरक वितरण गरेको हो ।
लगातार तीन दिन देखी सर्लाही सहित मधेशमा बाक्लो हुस्सु र कुहिरो तथा शीतलहर सुरु भएपछि व्यवस्थित आवासको समेत प्रबन्ध नभएका विपन्न परिवार चिसोमा दिनरात आगोको घुर तापेर बस्न बाध्य भएको अवस्थामा थोरै भएपनि राहत पुगोस भनेर ४५ विपन्न परिवारलाई फाइबर सिरक वितरण गरिएको जननी शैलेश फाउण्डेसनका संरक्षक धनराज बुढाथोकीले बताए ।
फाईवर सिरक वितरण कार्यक्रममा हरिवन नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रयागराज पोते,समाजिक अभियान्ता भरत कुमार कार्की,शुकदेव कार्की, गङ्गा भण्डारी,राजन कार्की र युवराज भण्डारी लगायतको उपस्थिति रहेको फाउण्डेसनका संरक्षक धनराज बुढाथोकीले बताए ।उनका अनुसार हाल अमेरिकामा बस्दै आएका शैलेस मैनाली र जननी श्रेष्ठ मैनालीले जननी शैलेश फाउण्डेसन मार्फत सामाजिक काम गर्दै आएका छन् ।केही दिन देखि लगातार चिसो बढेपछि समस्यामा परेका विपन्नपरिवारले फाईवर सिरक पाएपछि खुसी व्यक्त गरेका छन्।चिसोले बालबालिका,वृद्ध वृद्धाहरूका साथै दीर्घ रोगी बढी प्रभावित हुने चिकित्सकहरुले बताएका छन् ।

सम्बन्धित समाचार