सिन्धुलीको दुधौली नगरपालिका २ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ ।सोमबार मध्यान्ह मन्दिर नजिकै डाँडामा रहेको एक घरमा १० जना भन्दा धेरै तीर्थयात्री बसेको बेला विवाद भई झडप हुँदा चक्कु प्रहारबाट एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सुर्य प्रकाश सुवेदीले जानकारी दिए ।
उनका अनुसार झगडाका क्रममा चक्कु प्रहार हुँदा अन्दाजी वर्ष ३० का तत्कालन नामथर वतन नखुलेका एक तीर्थयात्रीको मृत्यु भएको हो।शवलाई पोस्टमार्टमका लागि सिन्धुली जिल्ला अस्पताल ल्याइएको छ ।झगडाका बेला तीर्थयात्रीहरूमध्ये केहीले कराउँदै झगडा गरेपछि स्थानीय आएका र स्थानीयलाई देखेपछि चक्कु प्रहार गर्नेहरू जंगलतर्फ भागेका थिए।हत्यामा संलग्नको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।