सर्लाहीको हरिवन नगरपालिका ४ मा हाम्रो कृषि कार्यक्रम सुरु भएको छ । हाम्रो कुषि सहकारी संस्था लिमिटेड,स्वावलम्वन बजार व्यवस्थापन तथा रोजगार सृजना केन्द्रले हाम्रो कृषि कार्यक्रम शुभारम्भ गरेको हो ।
युरोपियन यूनियनको आर्थिक सहयोग, ब्रिटिस काउन्सिलको व्यवस्थापनमा सर्लाही र महोत्तरीमा संचालित दक्षता परियोजना अन्तर्गत हाम्रो कृषि कार्यक्रमको शुभारम्भ गरिएको हाम्रो कृषि सहकारी संस्थाका अध्यक्ष तीलकबहादुर खड्काले जानकारी दिनु भयो । सर्लाहीको हरिवन, बागमती र लालबन्दी नगरपालिका तथा महोत्तरीको बर्दिबास नगरपालिकामा कार्यक्रम शुभारम्भ गरिएको सृजना केन्द्रका कार्यकारी निर्देशक केशब थापाले बताउनु भयो ।
कृषकहरुलाई बेमौसमी तरकारी खेति, पोल्ट्री फार्म र डेरी लगायत विषयमा सीपमूलक तालिम प्रदान गरिने आयोजकले बताएको छ । कार्यक्रमलाई सर्लाहीका तथा मोहतरीका स्थानिय निकायले सकेको सहयोग गर्ने बताएका छन ।