माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्ड भोली महोत्तरी आउने

400 Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)मंगलबार(भोली) महोत्तरी आउने भएका छन् । माओवादी केन्द्र मधेस प्रदेशको आयोजनामा हुने नेता,कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रशिक्षण गर्न माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्ड मंगलबार(भोली) महोत्तरीको गौसला आउने  प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।उनका अनुसार माओवादी केन्द्र मधेश प्रदेशले आयोजना गरेको नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रशिक्षण गर्न माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्ड मंगलबार(भोली) महोत्तरीको गौसला आउने भएका हुन ।महोत्तरीको गौसला नगरपालिका ५ स्थित बहुउद्देश्यीय भवन जिरोमाइलमा माओवादी केन्द्र मधेश प्रदेशको आयोजनामा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको माओवादी केन्द्र मधेश प्रदेश इन्चार्ज लिलामणी पोख्रेलले जानकारी दिए ।
 उनका अनुसार माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले दिने प्रशिक्षण कार्यक्रममा मधेश प्रदेशबाट माओवादी केन्द्रको केन्द्रीय सदस्य सदस्यहरु,केन्द्रीय सल्लाहकार,जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू,केन्द्रीय आयोगका सदस्यहरू,केन्द्रीय विभागका सदस्यहरू,निवर्तमान सांसदहरु,संविधान सभा सदस्यहरु,निवर्तमान प्रदेश सभा सदस्यहरु,प्रदेश सभा सदस्यहरु,संघीय सांसदहरु,प्रदेश निर्वाचन आयोगका सदस्यहरू, पार्टीका निवर्तमान प्रदेश सदस्यहरु, जनवर्गिय संगठनकाका  केन्द्रीय पदाधिकारी एवम सदस्यहरु,प्रदेश समिति र जिल्ला समितिका अध्यक्षहरु, पार्टीका निवर्तमान जिल्ला सदस्यहरू,पालिका पार्टी पदाधिकारीहरु,निर्वाचित पालिका पदाधिकारीहरु र वडा अध्यक्षहरु एवम पार्टीका वडा अध्यक्षहरुलाई प्रशिक्षण कार्यक्रममा सहभागी हुन जानकारी गराईएको छ ।मंसिर १९ गते मंगलबार अर्थात भोली ११ बजे देखि प्रशिक्षण कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार