जीतपुरसिमराका निवर्तमान नगर प्रमुख डा.पौडेल आफ्नै घरमा मृत फेला

एसपि गौरव    प्रकाशित: २०८०-६-२५ गते   ३५२ पटक हेरिएको

बाराको जीतपुरसिमरा उप महानगरपालिकाका निवर्तमान नगर प्रमुख डा.कृष्ण पौडेल

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख डा.कृष्ण पौडेल आफ्नै घरमा मृत फेला परेका छन् ।२०७४ सालमा नेकपा(एमाले)बाट जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित डा.पौडेल आफ्नै घरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवत्ता प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित घर भएका निवर्तमान नगर प्रमुख डा.पौडेल बिहीबार साँझ करिब ७ बजे मृत फेला परेका हुन । अहिले जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोली घटनास्थलमा पुगेको छ भने घटनाको विषयमा स्थलगत अनुसनधान समेत सुरु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवत्ता प्रहरी नायव उपरिक्षक न्यौपानेले जानकारी दिए । निवर्तमान नगर प्रमुख डा.पौडेल हाल नेकपा)एमाले) मधेश प्रदेश समितिका सचिव समेत रहेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech