आफुले खाएको कमिसनको विषय मोड्न मिडियालाई आर्थिक प्रलोभन

2k Shares

नेकपा (एमाले) मधेश प्रदेश उपाध्यक्ष रेवती पन्त लगायतले सर्लाहीको बागमतीमा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल)को विषयमा अनावश्यक बोल्न स्थानियलाई दवाव दिएको रहस्य बाहिरिएको छ ।
उपा अध्यक्ष पन्तले एक सञ्चार माध्यामलाई आर्थिक प्रलोभनमा पारेर बागमती माछा पोखरी(भरत ताल)को बिरुद्ध लेख्न र स्थानियलाई दवाव दिएर बागमती माछा पोखरी(भरत ताल)को विरुद्धमा बोल्न लगायको रहस्य बाहिरिएको हो ।
चेन्ज नेपाल ग्रुप अफ कम्पनीद्धारा सञ्चालीत अनलाईन पाना नामक सञ्चार माध्यामलाई उपा अध्यक्ष पन्तले आर्थिक प्रलोभनमा पारी बागमती माछा पोखरी(भरत ताल)को विरुद्धमा बोल्न लगायको खुलेको हो । चेन्ज नेपाल ग्रुप अफ कम्पनीद्धारा सञ्चालीत अनलाईन पाना नामक सञ्चार माध्यामका निर्देशक दिपक शर्मा र प्रधान सम्पादक नारायण प्रसाद अधिकारीलाई आर्थिक प्रलोभनमा पारेर“भरत तालका कारण सुकुम्वासीकाको घरमा बाढी, मेयर भन्छन्,–‘के कसो हो हामीलाई पनि थाहाँ छ् ।” शिर्षकमा समाचार सम्प्रेषण गर्न लगायको रहस्य खुलेको हो ।
उक्त समाचारमा पीडित भनेर भनाई राखेका स्थानीयलाई दवावमा बागमती माछा पोखरी(भरत ताल)को विरुद्धमा बोल्न लगायको खुल्न आएको हो । उक्त अनलाईन पाना पोर्टलमा प्रकाशित समाचारमा हवाला दिईएका स्थानीयले आफुहरुले बागमती माछा पोखरी(भरत ताल)को विषयमा बोल्दै नबोलेको कुरा प्रकाशन गरेको भन्दै नगर प्रमुख भरत कुमार थापासंग गुहार माग्न पुगेपछि सो रहस्य बाहिरिएको हो ।
समाचारमा हवाला दिएका भनिएका मध्य सेते बोटले आफुहरुले बागमती माछा पोखरी(भरत ताल)को विरुद्धमा बिषयमा नभई ढुमाजोर खोलाले बेला बेलमा समस्यामा पार्ने गरेको भनेर अभिव्यक्ती दिएको दावी गरेका छन् । उनले भिडियो मार्फत आफुहरुले बोल्दै नबोलेको विषय संचार माध्यममा ल्याएको भन्दै उपा अध्यक्ष पन्तलाई यस्तो नगर्न चेतावनी समेत दिएका छन् ।
“केही दिन पहिला दिउसो करिब १२ बजेको समयमा एक मिडियाकर्मीलाई लिएर उपा अध्यक्ष पन्त र एमाले नेतृ पार्वती विश्वकर्मा गाउँमा आएका थिए । पहिला उनीहरु आफैले माईकमा उभिएर बागमती माछा पोखरी(भरत ताल)को विरुद्धमा के–के कुरा गरे । हामीले राम्रो सगँ बुझेनौ । पछि गाउँका सबैलाई जम्मा गरेर गाउँमा हुने डुवानको बारेमा बोल्न भने, हामीले पनि डुमाजोर खोलाले बेलाबखतमा दुख दिएको र पानीको उचित निकास बिना रेलको ड्याम तयार भएकोले घर खेतमा पानी पस्ने र डुबान हुने गरेको कुरा बताएका थियौँ ।”बोटले भने ।
“जमिनको सतह भन्दा तल भएको बागमती माछा पोखरी(भरत ताल)को पानी ३० फिट भन्दा अग्लो रेलको ड्याम नाघेर कसरी गाउँमा पस्छ ?’ उनले उल्टै प्रतिप्रश्न गरे, ‘सामान्य लाटो मान्छेले पनि नपत्याउने गरेर हाम्रो नाम र फोटो राखेर उनीहरुले बागमती माछा पोखरी(भरत ताल) र नगर प्रमुख थापाको बद्नाम गर्न खोजेका रहेछन् । हामी अनपढ कुरा बुझेनौ,हाम्रो समस्या सुन्न आएका होलान भनेर आफ्नो सोझो कुरा गरेका थियौ । तर, उपाअध्यक्ष पन्त र उनीसगँ आएका मान्छेले आफ्नो स्वार्थ पुरा गर्न हामीलाई ‘बलिको बोका’ बनाएका रहेछन् ।’ पीडितहरुको भनाई छ ।
आफुहरुले बोल्दै नबोलेको कुरा छापेको भन्दै अनलाईन पाना पोर्टललाई उक्त सम्पुर्ण कुरा पुष्टि गर्न अन्यथा आफुहरु कानुनी प्रकृयामा जाने बोटले चेतावनी दिएका छन् । यसरी समाचारको नाममा गैर कानुनी ढंगले हुदै नभएको र बोल्दै नबोलेको विषयमा अभिव्यक्तीहरु तोडमोड गर्ने जो कोहीलाई कानुनी कठघरामा उभ्याउन उनीहरुले माग समेत गरेका छन् । उपा अध्यक्ष पन्तले यस पहिला पनि बागमती माछा पोखरी(भरत ताल)को विरुद्धमा अत्यन्त भ्रामक अफवाहहरु फैलाउदै हिडेको स्थानीयको भनाई छ । नगरका सम्पुर्ण नागरिकको आस्ताको केन्द्रको रुपमा रहेको योजना माथि यसरी फैलाईएको अफवाहको पछि नलाग्न नगरपालिका कार्यलयले समेत आग्रह गरेको छ ।
आफुहरुलाई एक थोक बोल्न लगाय तर अर्को कुरा लेख्न लगाउने अध्यक्ष पन्त र नेतृ विश्वकर्मालाई यसरी झुटकोे खेती नगर्न अर्की स्थानीय गीता माझीले चेतावनी दिईन् । उनीहरुले सोझा साझा स्थानीयलाई प्रयोग गरेर समाजमा द्धन्द्ध फैलाउन खोजेको उनीहरुको आरोप छ । बर्षै देखी गोडारी खोेलाले आफुहरुको भाडावर्तन समेत बगाउदै आएकोमा नगर प्रमुख थापा जनप्रतिनिधि भएर आएपछि समस्या समाधान भएको उनले जिक्किर गरिन् । नगर प्रमुख थापाको पहलमा गोडारी खोलालाई दुवै तर्फबाट तार जाली गरेर व्यवस्थापन गरिएको उनले बताईन् ।
यता, नगर प्रमुख थापाले बागमती माछा पोखरी(भरत ताल)को पानी बागमती नगरपालिका १२, काजिराम टोलमा पस्छ भन्नु,तराईको पानी चुरे कटेर महाभारत लेकमा क्षती गर्छ, भन्नु जस्तै भएको बताउनु भयो । भुगोलको हिसावले पनि बागमती माछा पोखरी(भरत ताल)उक्त गाउँबाट करिब २ किलो मिटर दक्षिण पश्चिममा पर्दछ । ताल र उक्त गाउँको विचमा करिब ३० देखी ५० फिट सम्मको अग्लो पुर्वपश्चिम विद्युतीय रेल मार्गको ड्याम रहेको छ । भने, तालको व्यवस्थित आउटलेट तालको दक्षिण तर्फ निर्माण गरिएको छ ।
जुन आउटलेटबाट निस्किएको पानी गोडारी खोला हुदै पुन ः बागमती नदिमा मिसाईएको छ । नगरका नागरिकको धनजनको सुरक्षामा बागमती माछा पोखरी(भरत ताल) कतैबाट पनि खतरा नहुने नगर प्रमुख थापाले दावी गर्नुभयो । बागमती माछा पोखरी(भरत ताल)को विषयमा हुदै नभएका तथ्य र आधारहिन कपोकल्पित तथा भ्रामक कुरा फैलाउने र नागरिकलाई त्रासमा पार्ने तथा समाजमा द्धन्द्ध सृजना गर्ने काममा केही व्यक्ती कम्मर कसेर लागेको उहाँको दावी छ । यस्ता भ्रम फैलाउनेलाई नगरका जनताले विस्तारै चिन्दै गएको भन्दै यस्ता पात्रलाई जनताले समाजबाट लखेट्ने उहाँको धनाई छ ।
बागमती माछा पोखरी(भरत ताल) उत्खन्न गर्दा निस्किएको गिट्टि बालुवाको एक–एक हिसाव नगरपालिकामा रहेको दावी गर्दै नगर प्रमुख थापाले अनुसन्धानमा आफुहरुले सधै सहयोग गरिरहेको दावी गर्नुभयो । ‘अख्तियारको काम अनुसन्धान गर्ने हो ।’ उहाँले भन्नु भयो ‘अख्तियारले छानविन गर्ने काम गरोस हामी छानविनका लागि सहयोग गछौँ । अनावश्यक हल्लाको पछि लागेर अख्तियार नबहकिने पनि उहाँले बताउनु भयो । नगरमा आएर विवरण लिए बागमती माछा पोखरी(भरत ताल)को एक–एक कणको हिसाव पाउने नगर प्रमुख थापाले बताउनु भयो ।
उपा अध्यक्ष पन्तले सर्लाहीको लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष हरि बहादुर भट्टराईलाई स्थानिय निकायको निर्वाचनको समयमा पनि टिक दिने भन्दै रु १ लाख रकम कमिसन लगेका र पछि टिक नदिएपछि भट्टराई स्वातन्त्रबाट भुनाव लडेका थिए । पन्तले पहिला रु ५ लाख मागेर आफुले दिन नसक्ने भएपछि रु १ लाख चाहिन्छ त्यो भन्दा घटिमा हुन्न भन्दै रु १ लाख  कमिसन लगेका भट्टराई परिवारको भनाई छ । त्यस्तै एन्टी स्नेक भेनम् अनुसन्धान तथा उत्पादन केन्द्रको नाममा पन्तले करोडौँ रकम अनियमितता गरेको पाइएको छ । एन्टी स्नेक भेनम् अनुसन्धान तथा उत्पादन केन्द्रका अध्यक्ष पन्तले भौतिक संरचना निर्माण कै चरणमा ठूलो रकम अनियमितता गरेको  खुलेको हो ।

सम्बन्धित समाचार