वि.पी राजमार्ग केही समय अवरुद्ध

314 Shares

बर्र्षातका कारण सडकमा लेदो थुप्रिएपछि अवरुध भएको वि.पी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ।अविरल वर्षाले वि.पी राजमार्गको काभ्रे भन्ज्याङदेखि भकुन्डे बेसीको बिच सडक खण्डमा लेदो झरेर थुप्रिदा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।सोमबार बिहान परेको पानीले लोहो बगाएर ल्याएपछि अवरुद्ध बनेको सडक एकतर्फि रुपमा रुपमा सञ्चालनमा ल्याईएको छ ।
पानीले काभ्रे भञ्ज्याङदेखि भकुन्डेसम्मको एक स्थानमा माथिबाट लेदो झरेर थुपारेका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको थियो। साँझदेखि दुई तर्फि नै सडक सञ्चालन ल्याउने गरी काम भई  रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए।गत असोजको दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीका कारण यस सडक खण्ड तहसनहस बनेको थियो ।चाडपर्वको मुखैमा तहसनहस भएको यो सडक खण्ड तत्काल स्थायी रूपमा निर्माण गर्न नसकिने भएपछि अस्थायी रूपमा पुनःनिर्माण गरी सञ्चालनमा आएको थियो । सोमबार बिहानी पख परेको पानीले फेरी सडक अवरुद्ध गरेको हो ।

सम्बन्धित समाचार