सर्लाहीको लालबन्दी नगरपालिका ८ स्थित मरिण चोक नजिकै निर्माण भएको सडक निर्माण नसकिँदै भत्कीन थालेपछि स्थानीय आक्रोशित भएका छन्।सर्लाही कै बलरा नगरपालिका ८ को विवेक निर्माण सेवाले लालबन्दी नगरपालिका ८ स्थित मरिण चोक नजिकै निर्माण भएको सडक निर्माण नसकिँदै भत्कीन थालेपछि स्थानीय आक्रोशित भएका हुन।
लालबन्दी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा लालबन्दी नगरपालिका ८ स्थित मरिण चोक नजिकै निर्माण भएको सडक कालो पत्रे निर्माण कम्पनीलाई भुक्तानी दिन पहिलै भत्कीएपछि लालबन्दी नगरपालिकाको सर्वत्र आलोचना सुरु भएको छ ।निर्माण कै चरणमा गुणस्तरहिन काम गरेका कारण कालो पत्रे निर्माण सक्किन नपाउँदै भत्कीएको हो ।पुनर्निर्माण गरिएको एकसातामै सडक भत्किएपछि अहिले सडक छेउमा रहेका घरको भान्सा,सुत्ने कोठा धुलोले भरिभराउ भएको र धुलोकै कारण स्वास्थ समस्या समेत देखापर्न थालेको स्थानीयले बताए ।
यता,आफू नगरपालिका आउदा जादा बाटो भत्किसकेको देखेर प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यैपानेलाई सडक निर्माण राम्रोसँग सम्पन्न नगरे सम्म भुक्तानी नदिन निर्देशन दिइसकेको लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीले बताए । हामी कहाँ चैत वैशाख नभई विकास निर्माणका काम सुरु हुदैनन्,ठेक्का सम्झौता भए लगत्तै काम सुरु गरिहाल्न ठेकेदारलाई भनेको भएपनि उनले समयमै काम नगरेर वर्षामा हतारहतार काम गर्दा गुणस्तरहिन भएकाले राम्रोसँग काम नगरि भुक्तानी नदिन प्रमुख प्रशासकीय अधिकृतलाई भनिसकेको नगर प्रमुख अधिकारीले बताए ।
त्यस्तै,आफुले चार हजार मिटर पुनर्निर्माणका लागि जिम्मा पाएकोमा करिब साँढे चार हजार मिटर कालोपत्रे गरेको निर्माण कम्पनीको दाबी छ।गुणस्तरीय काम गरेको दाबी गर्दै सम्झौता अनुसार डेढ वर्षसम्म बिग्रिए भत्किए आफूले नै बनाउनुपर्ने भएकोले भत्किएको ठाउँको आफूले नै बनाउने निर्माण कम्पनीले बताएको छ।निर्माण कम्पनीका अनुसार रु २१ लाखमा ठेक्का लिएको भएपनि करिब सात लाख मात्रै भुक्तानी लिएको छ ।