Close This

चाडपर्व सकिएसंगै सर्लाहीमा ट्राफिक प्रहरी आक्रमक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-९ गते   २४९ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले सवारी साधन चेकजाँचमा कडाइ गरेको छ ।  साना तथा तीन पांग्रे र चारपांग्रे सवारी साधानहरुलाई लक्षित गरि  जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले चोकजाँचमा कडाइ  गरेको हो ।
पुर्व पश्चीम लोकमार्गका साथै भित्रि सडक खण्डहरुमा पनि साना तथा तीन पांग्रे र चारपांग्रे सवारी साधानहरुलाई सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताब साथमा बोके न बोकेका भन्दै सवारी साधनको चेकजाँचलाई कडाइ गरेको हो ।
सवारी साधनका कागजातहरु, सवारी चालक अनुमति पत्र,यात्रु बाहक सवारी साधनहरुमा यात्रुको संख्या,भाडा त्यसैगरी स्कुल बसहरुमा विद्यार्थी संख्या,निजि सवारी साधनहरु   भाडामा सञ्चालन भए नभएको लगायतको चोक जाँचको पहिलो चरणको अभिायन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरिक्षक केदारमान दोङले जानकारी दिनु भयो ।
जिल्लाका सबै ट्राफिक प्रहरी युनिटहरुले तादरुकताका साथ सवारी चोकजाँचलाई कडाई सुरु गरेको ट्राफिक प्रहरी प्रमुख दोङले बताउनु भयो । विगत लामो समयदेखि यस्ता सवारी साधनहरु सञ्चालनमा रहेका भन्ने गुनासो आउने गरेका कारण चाडपर्वहरु सकिए लगतै सवारी साधनहरुको चेकजाँचमा  कडाइ गर्न सुरु गरिएको हो । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरिक्षक दोङका अनुसार पहिलो चरणमा सवारी दर्ता किताब र सवारी चालक अनुमतिपत्रको चेकजाँच,खोस्रो चरणमा सिट क्षमता अनुसारयात्रु बोके नबोकेको तथा अनावश्यक रुपमा जोडिएका सिट हटाउने लगायतका कार्यक्रम रहेका छन । साथै निजि नम्बर प्लेटका सवारी साधनहरु भाडामा प्रयोग भइ रहेको पाइएको भन्दै त्यस्ता सवारी साधनलाई पनि कार्बाही गर्ने तयारी भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरिक्षक दोङले बताउनु भयो ।  
जिल्लाका सबै ट्राफिक प्रहरी युनिटहरुलाई चेकजाँचमा कडाइ गर्न निर्देशन दिइ सकेको भन्दै सवारी चेकजाँचमा कडाइका साथ लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ट्राफिक नियमको पालना नगर्ने सवारी चालकहरुलाई ट्राफिक नियम अनुसार कार्बाही गर्ने समेत प्रमुख प्रहरी निरिक्षक दोङले बताउनु भयो ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech