तीनपाटन ३ की वेपत्ता टंकमायाको शब फेला

185 Shares

सिन्धुलीको तीनपाटन गाउँपालिका ३ राम्चेस्थित कोलबोटेकी वेपत्ता महिला टंकमाया बुढाथोकीको शव १३ दिनपछि फेला परेको छ।तीनपाटन गाउँपालिका ३ राम्चेकी अन्दाजी ५३ वर्षीया बुढाथोकीको शव घरदेखि पूर्वतर्फ पर्ने दारे गौडाको ठूलो खरबारीमुनि रहेको बाँसको झ्याङमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार १३ दिन पहिला वेपत्ता महिलालाई खोजतलास गर्ने क्रममा १३ दिनपछि कुहीएको अवस्थामा उनको शव फेला परेको हो।घटनास्थल स्थानीय प्रहरी कार्यालय भन्दा टाढा रहेका कारण प्रहरी घटनास्थलमा पुग्न समय लागेको सिन्धुली प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार