सर्लाहीको हरिवनमा रहेकाे प्रभु बैंक लिमिटेड र हरिवन नगरपालिका ११ स्थित रहेकाे लिलावती हस्पिटल प्रालिका र बागमती नगरपालिका १ स्थित रहेकाे सीता प्यालेस होटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोजकुमार साह र सीता प्यालेस होटलका तर्फबाट प्रबन्धक मुकुन्दप्रसाद घिमिरे र लिलावती हस्पिटल प्रालिकाे तर्फबाट सञ्चालक किशाेर साहले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले सीता प्यालेस होटलद्वारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ सेवामा १० प्रतिशत र ‘लजिङ’ सेवामा १५ प्रतिशत छुट प्राप्त गर्ने प्रबन्धक घिमिरेले बताउनु भयाे ।
त्यस्तै लिलावती हस्पिटल प्रालिद्वारा सञ्चालीत वेड चार्जमा १५ प्रतिशत,ल्याबमा १० प्रतिशत,एक्सरेमा १० प्रतिशत,अप्रेसनमा १० प्रतिशत,एनआईसियुमा १५ प्रतिशत र नर्मल डेलिभरीमा १० प्रतिशत छुट प्राप्त गर्ने लिलावती हस्पिटल प्रालि प्रालिका सञ्चालक डा. किशाेर साहले जानकारी दिनुभयाे ।
सम्झौताअन्तर्गत सीता प्यालेस होटल र लिलावती हस्पिटल प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड,मोबाइल बैंकिङ,इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा सीता प्यालेस होटल र लिलावती हस्पिटल प्रालिका सम्झौता अनुसारका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको वैकका प्रवन्धक साहले बताउनु भयाे । यो सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ।