सिन्धुलीका ४२ वटा सरकारी कार्यालयहरु मध्ये ३२ वटा कार्यालयहरुले मात्रै दोस्रो त्रैमासिक स्वतःप्रकाशन गरेको छन्।१९ वटा संघीय कार्यालयहरु,१४ वटा प्रादेशिक कार्यालयहरुका साथै नौ वटा स्थानीय कार्यालयहरु गरी ४२ वटा कार्यालय रहेको सिन्धुलीका १३ वटा संघीय कार्यालयहरु,११ वटा प्रादेशीक कार्यालयहरु र आठ वटा स्थानीय तह/निकाय/कार्यालयहरु गरी कुल ३२ वटा कार्यालयले मात्रै दोस्रो त्रैमासिक स्वतःप्रकाशन गरेका सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन इकाई सिन्धुलीले जनाएको छ ।
ईकाइका अनुसार जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय,जिल्ला हुलाक कार्यालय,शिक्षा विकास तथा समन्वय इकाई,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यान्वयन इकाइ,नापी कार्यालय,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,सुनकोसी मरिण डाइभर्सन,आयोजना,कोष तथा लेखा नियन्त्रक कार्यालय,कृषि सामाग्री कम्पनी लिमिटेड र सडक डिभिजन कार्यालय खुर्काेटले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक स्वतःप्रकाशन गरेका छन् ।
त्यस्तै,१४ वटा प्रादेशिक कार्यालयहरु मध्य सिन्धुली अस्पताल,डिभिजन वन कार्यालय सिन्धुली र मरिण,शहरी विकास तथा भवन कार्यालय,पशु सेवा कार्यालय,कृषि विकास कार्यालय,पुर्वाधार विकास कार्यालय,उद्योग तथा वाणिज्य कार्यालय,आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,खानेपानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय र जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सिन्धुलीले दोस्रो त्रैमासिक स्वतःप्रकाशन गरेका छन् ।
यता,नौ वटा स्थानीय तह रहेको सिन्धुलीमा दुधौली र कमलामाई नगरपालिका सहित फिक्कल, गोलन्जोर, घ्याङ्लेख, मरिण, हरिहरपुरगढीका साथै तीनपाटन गाउँपालिकाले दोस्रो त्रैमासिक स्वतःप्रकाशन गर्दा सुनकोसी गाउँपालिकाले स्वतःप्रकाशन गरेको छैन् ।
दोस्रो त्रैमासिक स्वतःप्रकाशन नगर्ने छ वटा संघीय कार्यालयहरुमा जिल्ला अदालत,सरकारी वकिलको कार्यालय,सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म,जिल्ला निर्वाचन कार्यालय,चुरे उत्थानशिल आयोजनाका साथै कारागार कार्यालय सिन्धुली रहेका छन् भने १४ वटा प्रादेशिक कार्यालयहरुमा बागवानी विकास केन्द्र,जनस्वास्थ्य कार्यालय र यातायात व्यवस्था कार्यालय गरी तीन वटा कार्यालयहरु र स्थानीय तहहरुमा सुनकोसी गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक स्वतःप्रकाशन गरेका छैनन् ।
सुनकोसी गाउँपालिकाले पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका थिएन् यस पटक पनि त्रैमासिक स्वतःप्रकाशन नगरेपछि सुनकोसी गाउँपालिकाका सूचना अधिकारी नविन न्यौपानेलाई सोध्दा उनले सूचना प्रविधि अधिकारीले स्वतःप्रकाशन बनाउँदै गरेको जवाफ दिए ।
यातायात व्यावस्था कार्यालय खुर्काेटका निमित्त प्रमुख कृष्ण कुमार गुप्ताले कार्यालय प्रमुखको सरुवा भएपछि अर्काे कार्यालय प्रमुख नआएका कारण चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक स्वतःप्रकाशन गर्न नसकेको बताए।जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेल र बागवानी विकास केन्द्र सिन्धुलीका सूचना अधिकारी समिर योगीका साथै चुरे उत्थानशिल आयोजना सिन्धुलीका सूचना अधिकारी प्रलेश बस्नेतले पहिलै स्वतःप्रकाशन गरेको दाबी गरेका छन् ।स्रोतका अनुसार सूचनाको हक सम्बन्धी जिल्लास्तरिय अनुगमन इकाईको बैठक बस्न बाँकी रहेकाले कुन कुन कार्यालय÷निकाय तथा तहहरुले स्वत ःप्रकाशन गर्न बाँकी छ भन्ने एकीन हुन बाँकी रहेको छ ।