Close This

कोरोना संक्रमण नियन्त्रणमा अब्बल सर्लाहीका तीन स्थानिय निकाय, कसले के गरे ?

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१८ गते   २३६ पटक हेरिएको

कोरोना संक्रमणको कहर नभएको भए यतिवेला स्थानीय सरकार आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट बनाउने तिब्र तयारीमा हुन्थे । तर कोरोना कहरका कारण स्थानीय सरकारको ध्यान यतिवेला महामारीबाट कसरी बच्ने भन्ने मै केन्द्रीत छ । 
तेस्रो लहर सुरु भएसँगै गाउँगाउँमा फेलिएको कोरोना नियन्त्रणका लागि स्थानीय निकायहरु अस्पताल निर्माणदेखि बिरामी बोकेर स्वास्थ्य संस्था लैजाने काममै मात्र सिमित हुन थालेका छन् । 

सर्लाहीको लालबन्दी,हरिवन र गोडैता नगरपालिका जनताको लागि काम गर्ने जनप्रतिनिधिको उदाहरण बनिरहेका छन् । जनताको दुःख, सुखको सारथि नै स्थानीय सरकारको हो भन्ने भनाइको चरितार्थ यी तीन स्थानिय निकाय हुन । तीनै स्थानिय निकायले आफ्नै पहलमा संक्रमितलाई अस्पताल लैजाने र उपचार गराउने गरेका छन् । भने अक्सिजन सहितको अस्थायी कोरोना अस्पताल निर्माण गरी नगरबासीको स्वास्थ्य सुरक्षामा यी तीन स्थानिय निकायको निरन्तरता कायमै रहेको छ । कोरोना लक्षण देखिएका नगरवासीको स्वाब संकलनलाई प्राथमिकतामा राखेका छन् । कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको स्थानिय निकायहरुले जनाएका छन् ।  लालबन्दी नगरपालिकाले २०,गोडैता नगरपालिकाले २५ र हरिवन नगरपालिकाले एक यि शैयाको अस्थायी कोरोना अस्पताल निर्माण गरेका छन् । जहाँ अक्सिजन सहित विशेषज्ञ चिकित्सकिय सेवा रहेको छ ।


 जिल्लाभर हालसम्म २ हजार ७ सय २ जनाको परीक्षण गर्दा १ हजार ५ सय २ जना संक्रमित भएका छन् भने ५९ जनाको मृत्यु भईसकेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । त्यस्तै हालसम्म ३ सय ४० जना संक्रमित निको भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यता,लालबन्दी र हरिवन नगरपालिकाले घरघरमा चिकित्सकिय सेवासुरु गरेका छन् । कोरोना संक्रमण जस्तै लक्षण देखिएका र शंकास्पद बिरामीहरुको चोकजाँच र सामान्य औषधी उपचार सेवा समेत लिएर जनप्रतिनिधिहरु नागरिकको घरदैलोमा पुगेका छन् ।
साथै कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले वैशाख २५ गतेबाट सुरु गरेको निषेआज्ञा सोमबार चौथौ पटक थप गरी जेठ २५ गतेसम्म जिल्लाभर निषेआज्ञा जारी राखेको छ । तरपनि स्थानिय निकायले दिने अति आवश्यक काम सञ्चालन गरि रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech