Close This

लायन्स क्लवद्धारा पुर्वछानेलाई खाद्यान्न र न्यानो कपडा सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-१० गते   ४२४ पटक हेरिएको

सर्लाहीको ललाबन्दीमा रहेको लायन्स क्लव अफ लालबन्दी सिटी र लायन्स क्लव अफ सेन्चुरीले संयुक्त रुपमा खाद्यान्न तथा न्यानो कपडा र सरसफाईका समाग्री सहयोग गरेको छ । 
महोतरीको वर्दिवास नगरपालिका २ स्थायी ठेगाना भइ हाल  लालबन्दी नगरपालिका  ६ मा भाडामाबस्दै आउनु भएका अन्दाजी वर्ष  ५७ का टेक बहादुर पुर्वछानेलाई खाद्यान्न तथा न्यानो कपडा र सरसफाईका समाग्री सहयोग गरेको  लायन्स क्लव अफ लालबन्दी सिटीका अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिनु भयो ।

 पुर्वछाने  स्पाईनल कडं र प्यारालाईसिस भएर बिगत ४ वर्षदेखि चल्न चटपटाऊन नसक्ने अवस्थामा रहनु भएको छ । उहाँलाई केही राहत पुगोस भनेर  लायन्स क्लव अफ लालबन्दी सिटी र लायन्स क्लव अफ सेन्चुरीले संयुक्त रुपमा डाईपर १२० थान ,चामल ,दाल, खानेतेल र  न्यानो कपडा ज्याकेट,साबुन सरफ र बाल्टिन हस्तान्तरण गरिएको लायन्स क्लव अफ लालबन्दी सिटीले जनाएको छ ।  लायन्स क्लव अफ लालबन्दी सिटीले विभिन्न समयमा समाजमा सामाजिक कार्य गर्दै आएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech