Close This

कोरोना संक्रमण रोक्न भन्दै उद्योगद्धारा धारा बन्द

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२ गते   ३७० पटक हेरिएको

सर्लाहीको गोडैतामा रहेको महालक्ष्मी चिनी उद्योगले पिउँने पानीको धारा बन्द गरेको छ । कोरोना भाईरस (कोभिड १९) महामारी नेपालमा तिब्र गतिमा फैलिएका कारण  जोखिम बढेको भन्दै धारामा पानी भर्ने मानिसहरुको भिडभाड बढी भएको र  समाजिक दुरी कायम नभएको भन्दै उद्योगले धारा बन्द गरेको हो ।
गाउँमा शुद्ध पिउँने पानीको अभाव भएका कारण नजिकैका गाउँका मानिसहरु पानी लिन उद्योगको धारोमा जाने गरेका छन । उद्योगमा करिब २ सय जना मजदुरहरु काममा रहेका छन । बाहिरका मापिनसहरु पनि यहि धारोमा आउँछन  । जसका कारण  कोरोना भाईरसको संक्रमण जोखिम बढ्न सक्ने भएका कारण धारा बन्द गरिएको उद्योग प्रशासनले जनाएको छ ।
उद्योगको सरसफाई तथा मेसिनरी साधनहरुको मर्मत सम्भारका लागि उद्योगमा अहिले करिब दुईसय भन्दा बढी मजदुरहरु कार्यरत रहेका उद्योगले जनाएको छ । दिनँहु बिभिन्न गाउँका भारी संख्यामा मानिसहरु मिलमा पानी भर्ने बहानामा आउने गर्दछन। यदि पानी भर्ने मानिसहरुबाट कोरोना भाईरसको सक्रमण भयो भने उद्योगमा काम गर्ने २ सय मजदुर संक्रमित हुन्छन । जस कारण एउटा धारा बन्द गरेको उद्योगले जनाएको छ ।

उद्योगले गैरकानुनी रुपमा धारा बन्द गरेको भन्दै स्थानियवासीले विरोध समेत गरेका छन। धारा खोली समाजिक दुरीको पालना हुने गरी व्यवस्थापन गर्न स्थानियवासीहरुले माग गरेका छन। नगरभित्र शुद्ध पिउँने पानी संचालनमा नरहेको तथा स्थानिय स्तरमा रहेको पानी आर्सेनीक युक्त भएकाले नगरपालिका भित्रका ५ सय भन्दा बढी घरपरिवारका स्थानियवासी दिनँहु पानी लिन उद्योगको धारामा पुग्ने गरेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech