Close This

नगरका सुत्केरी महिलालाई खाद्यान्न बितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२० गते   ५६९ पटक हेरिएको

सिन्धुलीको दुधौली नगरपालिकाले नगर भित्रका सुत्केरीहरुलाई पोषिलो खानेकुरा बितरण गरेको छ ।नगरपालिकाले रिलिफ नेपालको सहयोगमा ७५ जना सुत्केरीलाई पोषिलो खानेकुरा बितरण गरेको हो ।नगरपालिकाले एकद्वार प्रणालीबाट वडा न ९ मा रहेका ७५ जना मुसहर, दलित तथा बिपन्न परिवारका सुत्केरीहरुलाई पोषिलो खानेकुरा बितरण गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिनुभयो ।

मुसहर समुदायका २ सय घरपरिवारलाई राहत सामाग्री समेत बितरण गरिएको बताउनु भयो । २ सय घरधुरीलाई चामल, दाल, चिनि, खाने तेल, नुन, साबुन र सुत्केरीलाई छोकडा, ओड्स , तेल, चना, चिनी, चियापत्ती, वटर र जाम बितरण गरिएको नगर प्रमुख राउतले बताउनु भयो ।

त्यसैगरी रिलिफ नेपालले दुधौली नगरपालिकाको बिपद कोषमा ५० हजार सहयोग गर्नुका साथै क्वारेन्टाइन निमार्ण कार्य र आवस्यक सरसफाइ सामाग्री समेत सहयोग गरेको नगरप्रमुख राउतले जानकारी दिनुभयो ।
“नेपालमै कोरोनाको उच्च जोखिममा रहेको उदयपुर जिल्लासंग सिमाना जोडिएका स्थानमा दुधौली नगरपालिकाले विषेश सतर्कता अपनाएको उहाले कमलामाई खबरलाई बताउनु भयो । नगरमा प्रवेश गर्ने नाकाहरुमा कडाई गरेका छौँ । त्यसैले सम्पूर्ण नगरबासीलाई सचेत र संम्यमित हुनको लागी आग्रह गर्दछु । नगर प्रमुख राउतले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech