सर्लाहीको हरिपुर नगरपालिका ७ स्थित चिताईनमा महा शिव रात्री पर्वकाे अवसरमा छ दिने मेला लाग्ने भएको छ ।महाशिव रात्री पर्वकाे अवसरमा लक्ष्मीनाथ चिताईन महादेव विकास समितिकाे आयाेजनामा फागुन २५ गतेदेखि चैत ३० गते सम्म छ दिन मेला लाग्ने समितिका अध्यक्ष राजेन्द्र धामीले जानकारी दिए ।
उनका अनुसार चिताईन धार्मिक पर्यटकीय क्षेत्रकाे प्रचार प्रसारका साथै आन्तरिक पर्यटक प्रवर्द्धन गर्न हरेक वर्ष झैँ यस वर्षपनि चिताईन मेला २०८० आयाेजना गर्न लागिएको हाे ।समितिले मंगलबार पत्रकार सम्मेलन गरि मेलाकाे बारेमा जानकारी गराएकाे हाे । प्रचार प्रसारकाे अभावमा चिताईन मन्दिर पछाडि परेकाे पत्रकार सम्मेलनमा हरिपुर नगरपालिकाका नगर प्रमुख एवम प्रमुख अतिथि गाेपाल पञ्जियार थारुले बताए ।
लक्ष्मीनाथ चिताईन महादेव विकास समितिकाे सभा हलमा भएको पत्रकार सम्मेलनमा हरिपुर नगरपालिकाका नगर प्रमुख पञ्जियारकाे प्रमुख आतिथ्यता र हरिपुर नगरपालिका ७ का वडा अध्यक्ष मनाेज कुमार चाैधरी,आनन्द धामी र थारु कल्याणकारी समिति सर्लाहीका सिकेन्द्र चाैधरी लगायतकाे विशेष उपस्थिति रहेकाे थियाे ।