370
Shares
तामाङ पत्रकार संघ सर्लाहीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ।सर्लाहीको बागमतीमा भएको संघको चौथो अधिवेशनले चन्द्र बहादुर जिम्बाको अध्यक्षतामा १२ सदस्यीय समिति सर्व सहमत चय नभएको सहकर्मी राजु लो तामाङले जानकारी दिए ।
उनका अनुसार सर्व सहमत चयन भएको समितिको उपा अध्यक्षमा ज्योति मोक्तान,सचिवमा उदय पाख्रिन,सह सचिवमा प्रदिप भोलन र कोषअध्यक्षमा प्रमिला थिङ सहित राजकुमार गोले, राजकुमार मोक्तान,रेणु थिङ,साङछेन दोर्जे वाईबा,मन्जिता ब्लोन,शेरब ग्याल्छेन योन्जन र कमान सिं बोम्जन सदस्यमा चयन भएका छन् ।