संसद्को अधिवेशन आव्हानको गृहकार्य छाडेर सरकारले पुन अध्यादेशको बाटो रोजेको छ।शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानुन संशोधन गर्न तीन अध्यादेश ल्याउने निर्णय गरेको हो ।केही नेपाल ऐन,भूमि र लगानीसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय भएको संसद सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार अध्यादेश सरकारी कार्यालयमा सेवा–प्रवाह सुधारदेखि गैरआवासीय नेपालीलाई सुविधा दिनेलगायत कानुनसँग जोडिएको छ ।
अध्यादेशमा कुनै पनि सरकारी कार्यालयमा सेवाग्राहीका फाइल सात दिनभित्र अनिवार्य निर्णय गर्नेपर्ने व्यवस्था गरिएको छ ।सेवा–प्रवाहमा विनाकारण विलम्ब गरेको पाइएमा सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने गरी केही नेपाल कानुन संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय भएको सचिवाललयले जनाएको छ ।
त्यस्तै, गैरआवासीय नेपाली (एनआरएन)का सम्बन्धमा महत्वपूर्ण निर्णय भएको छ ।एनआरएनलाई नेपालमा बस्न १० वर्ष भिसा निःशुल्क गर्ने,साथै एनआरएनलाई नेपालमा कम्पनी खोलेर लगानी गर्न दिने कानुन बनाउने गरी निर्णय गरिएको सचिवालयलको भनाई छ।यसमा गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न विदेशी लगानीका रूपमा अनुमति लिनु नपर्ने व्यवस्था भएको हो ।
यस्तै,सरकारवादी मुद्दामा पीडितसँग मिलापत्र भए मात्र दण्ड–जरिवाना माफी गर्ने,कसुरजन्य सम्पत्ति र कसुरमा संलग्न साधन जफत गर्ने व्यवस्था अध्यादेशमा समेटिने छ ।फैसला कार्यान्वयनको तहमा केही सरकारवादी मुद्दामा मिलापत्र गरी पीडितलाई रकम भराउने मौका दिने र पीडितसँग मिलापत्र गरेमा दण्ड–जरिवाना माफी हुने व्यवस्था राखिएको हो।मुद्दाको पुनरावेदन गर्दा बिगो,जरिवाना पूरै धरौटी राख्न नसके थुनामा बस्नुपर्ने व्यवस्था परिवर्तन गरी सुरु धरौटीको १५ प्रतिशत मात्र धरौटी राखे पुग्ने व्यवस्था गरिएको छ ।यसबाहेक सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दै जाने,निवृत्ति भरण कोषमा शिक्षकहरूलाई समावेश गर्नेलगायत विषय अध्यादेशमार्फत आउने भएका छन् ।
त्यस्तै,यसअघि शिक्षकहरुको सेवा अवधि ५८ वर्ष रहेकोमा अवकाशको उमेर ६० वर्ष पु¥याउने अध्यादेशमा उल्लेख छ ।नेपाली सूचना प्रविधि कम्पनी (आइटी)ले विदेशमा लगानी गर्न र विदेशी बजारसँग प्रतिस्पर्धा गरी नेपालमा आम्दानी भित्र्याउन पाउने,साथै विदेशमा शाखा कार्यालय खोल्न पाउने व्यवस्था अध्यादेशमा समावेश गरिएको छ ।