नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर १० वटा रिट दर्ता नै नभई दरपीठ भएका छन्।अदालत प्रशासनले सबै निवेदन दर्ता नगरी फिर्ता गर्ने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालादले जानकारी दिए ।
उनका अनुसार १० वटा निवेदन आएका थिए,तर सबै दरपीठ गरिएका छन्।रजिष्ट्रार मानबहादुर कार्कीले दरपीठ गर्ने आदेश गरेका अदालत प्रशासनलेजनाएको छ।यसअघि सरकारले भदौ १९ गते मन्त्रालयमार्फत पत्र जारी गर्दै दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू नेपाल भित्र निष्क्रिय गर्ने निर्णय गरेको थियो।
उक्त निर्णय सर्वोच्चको बृहत पूर्ण इजलासको आदेशमा आधारित रहेको सरकारको भनाइ छ। अदालतको आदेशमा सामाजिक सञ्जाल वा डिजिटल मिडियाले नेपालमा सञ्चालन हुनुअघि अनिवार्य रूपमा सम्बन्धित निकायमा दर्ता गर्नुपर्ने र त्यस्ता प्लेटफर्महरूलाई अनुगमन नियन्त्रण गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
दरपीठ गरिएको आदेशमा भनिएको छ, “मिति २०८२ असोज १३ गतेको बृहत पूर्ण इजलासको आदेशका आधारमा सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हुँदा प्रस्तुत निवेदन दर्ता गर्न मिल्दैन।”तर,दरपीठ भएको फैसला विरुद्ध पनि सर्वोच्चमै पुनः रिट दिन सकिने व्यवस्था रहेको छ।
यता,नेपाल सरकारले दर्ता नभएका भनी बन्द गराएका सामाजिक सञ्जाल मध्य केहीले आर्थिक वर्ष २०७९/८० देखि नै कर तिर्दै आएका पाइएको छ ।उनीहरुले आर्थिक वर्ष २०८१/०८२ मा मात्रै पनि करिब रु ४२ करोड मूल्य अभिबृद्दि कर तथा करिब रु चार करोड ३० लाख डिजिटल सेवा कर तिरेका स्रोतको दाबी छ ।सरकारको निर्णयले नेपालको रु २० अर्ब भन्दा बढी रकम प्रभावित हुने साथै करिब रु तीन अर्ब विज्ञापन बजार र राज्यको ठूलो राजश्व प्रभावित हुने जानकारहरु बताउँछन् ।