सिन्धुलीको दुधौली र मरिणबाट भू–सेवा सञ्चालन हुने

168 Shares

सिन्धुलीको दुधौली नगरपालिका र मरिण गाउँपालिकाले भू–सेवा सम्बन्धी सेवा आफ्नै पालिकाबाट दिने भएका छन् ।नेपाल सरकारले देशभरका दुई सय ९४ वटा पालिकाहरुबाट आवेदन माग गरेकोमा पहिलो चरणमा भू–सेवा सञ्चालन गर्न ३५ वटा पालिकाले इच्छा देखाएरमा सिन्धुलीका नौ वटा मध्ये दुधौली नगरपालिका र मरिण गाउँपालिकाले भू–सेवा आफ्नै पालिकाले दिने भएका हुन।
दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको सिन्धुलीका दुधौली नगरपालिका र मरिण गाउँपालिकाले नापी तथा मालपोत सेवा सञ्चालनका लागि अनुमति पाएका मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मोक्तान(प्रख्यात)ले जानकारी दिए ।उनका अनुसार संघीय सरकारको परिपत्रपछि देशभरका सबै स्थानीय तहहरुलाई भू–सेवा सञ्चालनका लागि तयारी गर्न भनिएको भएपनि पहिलो चरणमा दुधौली नगरपालिका र मरिण गाउँपालिका तयार रहेका हुन ।
सिन्धुलीका दुधौली नगरपालिका र मरिण गाउँपालिका सहित हरिहरपुरगढी,गोलञ्जोर,फिक्कल, तीनपाटन र घ्याङलेख गाउँपालिकाले मन्त्रालयमा आसश पत्र पठाएका थिए ।तर कमलामाई नगरपालिका र सुनकोसी गाउँपालिकाले भने आसश पत्र पठाएको थिएन् ।सोही अनुसार दुधौली नगरपालिका र मरिण गाउँपालिका पहिलो चरणमै छनोटमा परेका हुन ।
पहिलो चरणमा भू–सेवा सञ्चालनका लागि छनोट भएका पालिकाले चालु आर्थिक वर्ष भित्रैबाट सेवा सञ्चालन गर्ने तयारी गरीरहेका दुधौली नगरपालिका कार्यावाहक नगर प्रमुख चन्द्र किशोर थारुले बताए ।उनका अनुसार हाल आवश्यक जनशक्ति व्यवस्थापन,तालिम तथा सेवा सञ्चालनको आधारभूत तयारी धमाधम भईरहेको छ । 

सम्बन्धित समाचार