हरिपुरमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सुरु

395 Shares

सर्लाहीको हरिपुर नगरपालिका २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सुरु भएको छ।दुई दिन चल्ने शिविरमा मंगलबार पहिलो दिन ४० जना महिलाले सेवा लिएका प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष एवम हरिपुर नगरपालिका २ का वडाध्यक्ष निलबिक्रम थापाले जानकारी दिए ।
उनका अनुसार हरिपुर नगरपालिकाकी उपप्रमुख निलमदेवी राय यादवको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको शिविरमा मेरी स्टोप्सका सर्जन डा.सुुरेश शाक्य नेतृत्वको स्वास्थ्यकर्मी टोलीले महिला स्थायी बन्ध्याकरणको सेवा दिने रहेका छन् ।
शिविरको उद्घाटन समारोहमा हरिपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल,सर्जन चिकित्सक सुरेश शाक्य,प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.राकेश ठाकुर लगायत  नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक अनिल चौधरीलगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार