मधेश प्रदेश सरकारमा माओवादी केन्द्रका दुई सहित चार मन्त्रीको शपथ

200 Shares

नेकपा(माओवादी केन्द्र)मधेश प्रदेशका दुई जना प्रदेश सभा सदस्यहरु सहित चार जनाले मधेश प्रदेश सरकारको मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्।प्रदेश सभा सदस्य युवराज भट्टराई(समीर)ले उद्योग वाणिज्य तथा पर्यटन मन्त्री,माओवादी केन्द्र मधेश प्रदेश संसदिय दलका नेता एवम निवर्तमान गृह तथा सञ्चार मन्त्री भरत साह र नेकपा(एकिकृत समाजवादी)की बेची लुङ्गेलीले विना विभागिय तथा नेकपा(एमाले)की प्रदेश सभा सदस्य शारदा थापाले गृह,सञ्चार तथा कानुन मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

bt.jpg
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदीले नव नियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।पछिल्लो सत्ता समिकरण अनुसार मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवले पुन विश्वासको मत लिएपछि मन्त्री मण्डलमा केही फेर बदल भएको हो ।

सम्बन्धित समाचार