फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाहीमा २८ मतदान केन्द्र थपिएका छन्।छ सय मतदान केन्द्र अब छ सय २८ पुगेका छन् भने जिल्लाभर तीन सय १२ मतदानस्थल रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिए ।उनका अनुसार फागुन २१ गतेको प्रतिनिधि सभा चुनाव घोषणा भएपछि सरकारले अध्यादेशमार्फत कानून परिवर्तन गरेर मतदाता नामावली संकलन गर्दा सर्लाहीमा २२ हजार पाँच सय ९५ नयाँ मतदाता थपिएपछि मतदान केन्द्रपनि थपिएका हुन ।
फागुन २१ को निर्वाचनका लागि जिल्लामा पाँच लाख ११ हजार छ सय छ जना अन्तिम मतदाता कायम भएका छन्।जसमा दुई लाख ७८ हजार आठ सय ३७ जना पुरुष,दुई लाख ३२ हजार सात सय ५८ जना महिला र ११ जना अन्य रहेका कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले सामान्यतया एक हजार मतदाता रहेको स्थानमा एउटा मतदान केन्द्र निर्धारण गर्ने गरेको छ।अब मतदाता थपिएको आधारमा यसअघि एउटा मात्रै मतदान केन्द्र भएको ठाउँमा अब दुईवटा र यसअघि नै दुईवटा मतदान केन्द्र रहेको ठाउँमा तीनवटा मतदान केन्द्र हुन सक्ने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।केही मतदानस्थलभित्र दुई÷तीनवटासम्म पनि मतदान केन्द्र रहन सक्ने छन्।सर्लाहीका तीन सय १२ मतदानस्थलमध्ये सुरक्षाको हिसाबले २३ वटा सामान्य,एक सय ३१ वटा संवेदनशील र एक सय ५८ वटा अतिसंवेदनशील सूचीमा रहेका जिल्ला सुरक्षा समिति सर्लाहीका संयोजक एवम प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।
उनका अनुसार फागुन २१ को निर्वाचनलाई मध्यनजगर गर्दै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुले विभिन्न पालिकाहरुमा पुगेर मतदानस्थलहरुको निरीक्षण गर्न गरि सकेका छन् ।तदानस्थलको भौतिक तथा सुरक्षाको अवस्थासहित जनप्रतिनिधि,कर्मचारी र स्थानीय लगायतसँग सुझाव लिने काम गरिरहेको प्रमुख जिल्ला अधिकारी कडरियाले बताए ।