जनताका आवश्यकताका आधारमा राजनीति गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी मधेश प्रदेश इन्चार्ज अनिलको भनाई

318 Shares

जनयुद्ध सुरु गर्ने समयमा नेपालमा सामन्ती समाज थियो त्यो अहिले पुजीवादी समाजमा परिवर्तन भएको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवम मधेश प्रदेश इन्चार्ज अनिल शर्मा९विरही०ले बताए।उनले अल्पकालीन सशस्त्र विद्रोहबाट केन्द्रीय सक्ता हस्तक्षेप गर्ने गरी विश्वको चरित्र बदलिएको अवस्थामा अब जनताका आवश्यकतालाई आधार बनाएर राजनीति गर्नुको विकल्प नभएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी धनुषाको आयोजनामा भएको ध्रुविकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटि सदस्य एवम मधेश प्रदेश इन्चार्ज अनिलले जनताले शान्तीपुर्ण रुपमा आन्दोलनका कार्यक्रमहरु गर्दा सक्ताले शक्ति प्रयोग गरेको अवस्थामा प्रतिरोध गर्न सक्ने अवस्था सृजना गर्नुपर्ने समेत बताए ।उनले नेपाल कम्युनिष्ट पार्टीले गरेका गतिविधिहरु सरकारले बुझ्न जरुरी रहेको र नेपाल कम्युनिष्ट पार्टीले बम पड्काउने साथै युद्ध गर्ने सोचमा नरहेको समेत बताए।
उनले नेपाल कम्युनिष्ट पार्टीको सिद्धान्त र नेतृत्वको योजना अनुसार संगठन निर्माण हुन नसकेको बताउँदै जन बल र पार्टीको बल मिलाएर लैजान आवश्यक रहेको समेत बताए ।पछिल्लो समयमा मधेश प्रदेशका साथै देशै भरीबाट नेपाल कम्युनिष्ट पार्टीमा ध्रुविकरण हुने क्रम चलि रहेको समयमा धनुषामा भएको ध्रुविकरण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ध्रुविकरण भएका नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

सम्बन्धित समाचार