सर्लाहीका १० पालिकाले विद्युत प्रयोग गरे वापतको करिब चार करोड भुक्तानी गर्न बाँकी

112 Shares

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बरहथवाले विद्युत सेवा प्रवाह गर्ने विभिन्न पाँच वटा नगरपालिकाले करिब ७९ लाख रकम भुक्तानी गर्न बाँकी रहेको पाइएको छ ।वितरण केन्द्र बरहथवाले विद्युत सेवा प्रवाह गर्ने बरहथवा,हरिपुर नगरपालिका,बसबरिया,धनकौल र चक्रघट्टाले गरी कुल ७८ लाख ५४ हजार दुई सय ६२ रुपैँया ३२ पैसा भुक्तानी गर्न बाँकी रहेको पाइएको हो ।
बरहथवा नगरपालिकाले मात्रै ४९ लाख आठ हजार तीन सय ११ रुपैँया २४ पैसा,हरिपुर नगरपालिका–१ ले एक हजार दुई सय ७७ रुपैँया ११ पैसा,बसबरिया गाउँपालिकाले १७ लाख ९९ हजार सात सय पाँच रुपैँया २६ पैसा,धनकौल गाउँपालिकाले १० लाख चार हजार तीन सय ३१ रुपैँया ७१ पैसा र चक्रघट्टा गाउँपालिकाले रु एक लाख ४० हजार छ सय ३७ रुपैँया गरी कुल ७८ लाख ५४ हजार दुई सय ६२ रुपैँया ३२ पैसा विद्यु प्रयोग वापतको बक्यौता रकम रहेको वितरण केन्द्र बरहथवाले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ ।
पाँच वटै पालिकाहरुका लागि बक्यौता भुक्तानी गर्नका लागि पटक पटक ताकेता गर्दापनि पालिकाहरुले गैर जिम्मेवार जवाफ दिएका वितरण केन्द्र बरहथवाले जनाएको छ ।कार्यालयका अनुसार पालिकाहरुले सडक वत्तिका साथै विभिन्न वडा कार्यालयहरु र नगरपालिका तथा गाउँपालिका कार्यालयहरुमा प्रयोग गरेका विद्युतको महशुल भुक्तानी गर्न  पाँच वटै पालिकाहरु लाई पटक पटक मौखिक तथा लिखित पत्राचार गरिएको भएपनि भूक्तानीमा पालिकाहरु मौन देखिएका छन्।२० वटा पालिका भएको सर्लाहीमा तीन वटा वितरण केन्द्र रहेका छन् ।
जस अनुसार वितरण केन्द्र लालबन्दी अन्र्तगतका छ पालिकाले तीन करोड १९ लाख चार सय ६३ रुपैँया ६३ पैसा भुक्तानी गर्न बाँकी रहेको छ ।वितरण केन्द्र लालबन्दीले विद्युत सेवा प्रवाह गर्ने  लालबन्दी,हरिवन,इश्वरपुर,हरिपुर नगरपालिकाको वडा नम्बर १ बाहेक,कविलासी र बागमती नगरपालिकाले गरी कुल तीन करोड १९ लाख चार सय ६३ रुपैँया ६३ पैसा भुक्तानी गर्न बाँकी रहेको केन्द्रले जनाएको छ।विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाको विवरण आउन बाँकी रहेको छ।मलंगवा वितरण केन्द्रले १० वटा पालिकाहरुमा विद्युत सेवा विस्तार गरि रहेको छ । वितरण केन्द्र लालबन्दी र बरहथवा क्षेत्रले विद्युत सेवा विस्तार गरेका १० वटा पालिकाले तीन करोड ९७ लाख ५४ हजार सात सय २५ रुपैँया ९५ पैसा विद्युत प्रयोग वापत भुक्तानी गर्न बाँकी रहेको केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार