Close This

सर्लाहीको बाँके जङ्गलबाट पेस्तोलसहित एकजना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१० गते   १४५ पटक हेरिएको

सर्लाहीको बाँके जङ्गलबाट पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर चोकबाट चन्द्रनगर गाउँपालिका–२, का ३२ वर्षीय त्रिभुवन बैठालाई हतियार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । 
प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंज,वयलबासबाट संयुक्त  खटिएको प्रहरी गस्ती टोलीले बैठालाई पक्राउ गरेको प्रहरी प्रमुख राठौरले बताउनु भयो ।
बाँके जङ्गलस्थित ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर चोकबाट बीआर ३० जेड ६५४८ नम्वरको भारतीय मोटरसाइकललाई शंका लागि  रोकेर चेकजाँच गर्ने क्रममा बैठाको साथबाट मेडइन यूएसए लेखिएको एक थान पेस्तोल, त्यसमा लाग्ने चार राउण्ड गोली र एक थान म्यागजिन बरामद भएको सर्लाही प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार व्यक्ति भने फरार भएका र उनको खोजी कार्य जारीरहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech