सिन्धुलीको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन) सिन्धुलीका नदी तथा खोलाहरुमा हुने नदीजन्य पदार्थ ढुंङ,गिट्टी र बालुवाको अवैध उत्खनन्,ओसार पसार र निकासी पैठारीमा संग्लग्न भएका पाइएको छ ।सिन्धुलीमा गुण्डागर्दीका साथै“पशुपतिमा सुनको सट्टा चाँदीको जलहरी राखेको,सुन तस्करीको उच्चस्तरीय छानबिन समिति बनाउन नहुने, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई हेर्नकै लागि हजारौँ पर्यटक नेपाल आउने गरेका लगायतका अभिव्यक्ति दिएर सदन तताउने र सामाजिक सञ्जालहरु आफु तर्फ आकर्षित गर्न माहिर आफुलाई नेकपा(माओवादी केन्द्र)को मसिहा सम्झीने प्रतिनिधि सभा सदस्य दाहाल सिन्धुलीका नदी तथा खोलाहरुमा हुने नदीजन्य पदार्थ ढुंङ,गिट्टी र बालुवाको अवैध उत्खनन्,ओसार पसार र निकासी पैठारीमा संग्लग्न भएका सिन्धुलीका स्थानीयको आरोप छ ।
जिल्लामा अवैध क्रसर उद्योग सञ्चालनदेखि संरक्षण गर्दै आएर सस्तो लोकप्रियता कमाउन चर्को कुरा गर्ने प्रतिनिधि सभा सदस्य दाहालले सिन्धुली माडीमा पक्की घर निर्माण गर्न भन्दै सिन्धुलीको मरिण गाउँपालिका ४ बाट मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)का समेतको मिलेमतोमा नदी तथा खोलाहरुमा हुने नदीजन्य पदार्थ ढुंङ,गिट्टी र बालुवाको अवैध उत्खनन्,ओसार पसार र निकासी पैठारीमा संग्लग्न भएका स्थानीयको भनाई छ ।
सिन्धुलीको मरिण गाउँपालिका ४ बाट नदी तथा खोलाहरुमा हुने नदीजन्य पदार्थ ढुंङ,गिट्टी र बालुवाको अवैध उत्खनन्,ओसार पसार र निकासी पैठारी भई रहेको अवस्थामा स्थानीयले टिपर र जेसीबी नियन्त्रणमा लिएर ईलाका इलाका प्रहरी कार्यालय कपिलकोटलाई बुझाएपछि सो रहस्य बाहिरिएको हो ।नदीजन्य पदार्थ ढुंगा,गिट्टी तथा बालुवा उत्खनन् संकलन,बिक्री एवम ओसार पसार गर्न प्रतिबन्ध लगाइएको भन्दै मरिण गाउँपालिकाले गत साउन ३२ एक सूचना जारी गरेको थियो ।तर,उक्त प्रतिबन्ध फुकुवाको अर्को सूचना नआउँदै प्रतिनिधि सभा सदस्य दाहालले अवैधरुपमा गिट्टी,बालुवा संकलन र ओसारपसार गरेर घर निर्माण गरेपछि स्थानीयले विरोध गरेका हुन ।