सर्लाहीमा भएका दुई दुर्घटनामा दुई जना घाईते

401 Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले सवारी दुर्घटना न्यूनिकरणका लागि बिशेष अभियान सञ्चालन गरी रहेको भएपनि ट्राफिक नियम उल्लंघनका घटनाहरु नरोकिएका पाइएको छ  ।जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले सवारी दुर्घटना न्यूनिकरणका लागि बिशेष अभियान अन्तर्गत ट्याक्टरहरुमा संकेतमूलक स्टिकरका साथै नम्बर प्लेट नभएका ट्याक्टरहरुमा नम्बर प्लेट लेख्न लगाउने काम गरि रहेको भएपनि त्यस्तै सवारी साधनहरुबाट दैनिक दुर्घटना भई रहेका पाइएको छ ।
जस अनुसार विगत २४ घण्टामा सर्लाहीका विभिन्न दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जना घाईते भएका छन्।सर्लाहीको लालबन्दी नगरपालिका ५ मेजरगंज स्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा लालबन्दी नगरपालिका ११ हिरापुरका अन्दाजी वर्ष २० का नबिन कुमार महतो र बरहथवा नगरपालिका ११ हिरापुरमा भएको दुर्घटनामा सोही ठाउँका रमोद यादव(सन्तोष) घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।

4891c6d7-09bf-4bed-a8ce-af358c144269.jpeg
उनका अनुसार लालबन्दी नगरपालिका ५ मेजरगंज स्थित भित्री सडक खण्डमा बा.प्र.०३–००४ प ४१२३ नम्बरको मोटरसाईकल तिब्रगतिका कारण सडकको  छेउको  झाडीमा पल्टिदा महतो घाईते भएका हुन भने हिरापुर र डियर गाउँ बिचको राम मन्दिर अगाडि  मोटरसाइकल ट्याक्टरमा ठक्कर खाँदा यादव घाईते भएका हुन् ।नेपाल भारत खुल्ला सिमानाको फाईदा उठाउँदै भारतिय नम्बरका सवारी साधनहरुको अनाधिकृत प्रयोगले दुर्घटना बढाई रहेको जानकारहरु बताउँछन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले एक सय ५० भन्दा बढी ट्याक्टरहरुमा नम्बर प्लेट लेखाउने तथा टल्कने रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको भनी समाचार प्रकाशन भएको केही घण्टा नवित्दै नम्बर प्लेट समेत नरहेको ट्याक्टरले ठक्कर दिएर घाईते भएका यादवको वीरगन्जमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टरको पछाडी ट्रलिको भागमा रिफ्लेक्टिभ स्टिकर टाँस गर्ने तथा नम्बर प्लेट नभएका ट्याक्टरहरुमा नम्बर प्लेट लेख्न लगाउने सहित चालकहरुलाई ट्राफिक नियम,सवारी दुर्घट्ना, सडकको प्रयोग तथा ट्राफिक नियम उल्लंघनका बारेमा जानकारी दिने उद्धेश्य सञ्चालन गरिएको अभियान चलि रहँदा दैनिक दुर्घटनाका समाचार पढ्न पर्ने विडम्वनापुर्ण अवस्थाको सुधार आवश्यक रहेको उनीहरुको भनाई छ ।
तर,सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन चेक जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवम प्रहरी  निरिक्षक रजोश घिमिरेले दाबी गरेका छन् ।उनका अनुसार पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढेका पाइएकाले जनचेतनामूलक क्षेत्रलाई प्राथमिकता मा राखेर काम गरिएको हो।सवारी साधनहरुलाई कार्बाही मात्रै गरेर दुर्घटना न्यूनिकरण नहुने भएकाले ट्राफिक सचेतनाका लागि जोड दिईएको हो।२० वटा पालिका रहेको सर्लाहीमा ११ वटा ट्राफिक युनिटहरु रहेका छन् रती युनिटहरुबाट दैनिक सवारी साधनको जाँच गर्ने गरिएको छ।ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना भराउनाका साथै सचेत गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
“जरिवाना उठाउने हामीलाई रहर छैन्,सकेसम्म जरिवाना नै काट्न नपरोस भन्ने चाहना छ,जरिवानाले दुर्घटना र मानविय क्षति कम हुँदैन। सवारी चालकहरुले सचेत भएर सवारी चलाए मात्रै यो सम्भव छ। चालकको समुहलाई ट्राफिक प्रहरीले जनचेतना मूलक कार्यक्रम मार्फत चालक,सह चालक र पैदलयात्रीलाई जनचेतनामूलक सन्देश समेत प्रदान गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक घिमिरेले बताए।ट्राफिक प्रहरीको आँखा छलेर तिब्र गतिमा,मादक पदार्थ तथा लागुऔषध सेवन गरेर,हेल्मेट नलगाएर क्षमता भन्दा बढी यात्रु तथा सामान बोकेर सवारी नचलाउन,सवारी साधनमा बसेका यात्रु र आफ्नो परिवारको विषयमा सोच्न ट्राफिक प्रहरीले अनुरोध गर्ने गरेका निरिक्षक घिमिरेले चालक,सह चालक र पैदल यात्री गम्भिर हुन अनुरोध गरे।ट्राफिक प्रहरीलाई झुक्याउन सफल भएपनि त्यसबाट निम्तन सक्ने दुर्घटना रोक्न जो कोही पनि असफल हुने ट्राफिक प्रहरी निरिक्षक घिमिरेको तर्क छ ।

सम्बन्धित समाचार