हरिवन नगरपालिकालई कृषि क्षेत्रका लागि पकेट क्षेत्र घोषणा गरिने नगर प्रमुख बुढाथोकीको भनाई

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-६-२३ गते   २२९ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिकालाई कृषि क्षेत्रका लागि पकेट क्षेत्र घोषणा गरिने भएको छ ।देश भरिमा सबै भन्दा बढि उखु उत्पादन हुने हरिवन नगरपालिका क्षेत्रलाई कृषि क्षेत्रका लागि पकेट क्षेत्र घोषणा गर्ने तयारी गरिएको नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए ।उनका अनुसार नगदे वाली,तरकारी,दूध,मह उत्पादन पशुपालन सबै खालका कृषि जन्य उत्पादनमा हरिवन नगरपालिका अग्रस्थानमा रहेको साथै देशभरी मै सबै भन्दा बढी उखु उत्पादन हुने गरेको छ ।
कृषि क्षेत्रको विकास तथा समृद्धका लागि उत्पादन मात्र गरेर साध्य हुँदैन् कृषकहरुले उत्पादन गरेका कृषि जन्य पदार्थले उचित मुल्य र बजार पनि पाउनुपर्ने नगर उप प्रमुख हरिमाया घलानले बताइन् । उनका अनुसार कृषकहरुले उत्पादनसंग संगै उचित मुल्य र बजार पाउनु पर्छ तब मात्र देशको कृषि क्षेत्रले फड्को मार्ने छ । दिगो कृषि उत्पादन तथा बजारीकरण अनि बजार व्यवस्थापन सम्बन्धी अन्तर सम्वाद कार्यक्रममा नगर प्रमुख बुढाथोकी र उप प्रमुख घलानले यस्तो बताएका हुन ।नगरका कृषकहरु,कृषि सहकारी,साना किसान सहकारी लगायतको विषेश उपस्थितिमा भएको कार्यक्रममा कृषि जन्य उत्पादनलाई कसरी बढाउने यसको व्यावस्थापन र उचित मुल्य लगायतका विषयमा छलफल भएको नगरपालिकाको कृषि शाखा अधिकृत प्रविन तामाङले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech