Close This

पटक पटक झडप भए पछि सेनाद्वारा मतदानस्थल नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-३० गते   १८५५ पटक हेरिएको

सर्लाहीको काैडेना गाउँपालिकामा पटक-पटक झडप भएपछि एक मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएकाे छ ।कौडेना गाउँपालिका ६ स्थित जनता आधारभूत विद्यालयकाे मतदान स्थलमा बिहानदेखि पटक-पटक झडप भएपछि नेपाली सेनाले मतदानस्थल नियन्त्रणमा लिएकाे हाे । 
नेपाली कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा करिब १ घण्टा अवरुद्ध भएको मतदान कार्य ढिलाेगरि सूचारु भएको थियाे । मतदान सुचारु भएकाे केहीबेर पछि पुन: झडप भएकाे र सेनाकाे टाेलीले मतदान स्थल नियन्त्रणमा लिएकाे छ ।
त्यस्तै  धनकाैल गाउपालिका २ काे मतदान स्थललाई नियन्त्रणमा लिन काठमाडाैंबाटै नेपाली सेनाकाे विशेष टाेली हेलिकप्टरबाट उत्रिएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले जानकारी दिनुभयाे  ।
जिल्ला स्थित अधिकांश मतदान केन्द्रहरुमा भने मतदान कार्य सुचारु रहेको प्रहरीले जनाएको छ ।४ लाख ७४ हजार ४३९ मतदाता रहेकाे सर्लाहीमा ३ सय १८ मतदान केन्द्र र ५ सय ९९ मतदान स्थल रहेका छन् । आज भएको मतदानबाट ११ नगरपालिका र ९ गाउँपालिका गरी २० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा २०० वडाध्यक्ष एवं ८०० जना वडा सदस्य गरी १ हजार ४० जना जनप्रतिनिधि चुनिने छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech