सर्लाहीको इश्वरपुरमा “ईश्वरपुर मेयर कप फुटबल प्रतियोगिता २०८१” हुने भएको छ।असोज १६ गते बुधबारबाट “ईश्वरपुर मेयर कप फुटबल प्रतियोगिता २०८१” सञ्चालन हुने शिवनारायण सिंहले जानकारी दिए ।उनका अनुसार“स्वास्थ्यका लागि खेलकुद,राष्टूका लागि खेलकुद”भन्ने मुल नाराका साथ “ईश्वरपुर मेयर कप फुटबल प्रतियोगिता २०८१” असोज १६ गते बुधबारबाट रामपुरको खेल मैदानमा सुरु हुने छ ।
हिन्दूहरुको महान् पर्व विजया दशमी,शुभ दिपावली तथा छठ पर्वको अवसरमा ईश्वरपुर नगरपालिकाको आयोजनामा तथा युनिभर्सल युवा क्लब ईश्वरपुर नगरपालिका ८ मनहर्वा रामपुरको सह आयोजनामा “ईश्वरपुर मेयर कप फुटबल प्रतियोगिता २०८१” असोज १ गतेबाट सुरु हुने भएको स्थानीय देवराज थापाले जानकारी दिए ।
प्रतियोगिताको प्रथम हुने टिमलाई रु ५१ हजार नगद्,शिल्ड,मेडल र प्रमाण पत्र,द्वितिय हुने टिमलाई रु ३१ हजार नगद्,शिल्ड,मेडल र प्रमाण पत्र,सान्तोना स्वरुप तृतीय हुने टिमलाई रु ११ हजार नगद्का साथमा शिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक इश्वरपुर नगरपालिकाले जनाएको छ ।
स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उद्धेश्य सहित इश्वरपुर नगरपालिका भित्रका मात्रै टिमहरुको सहभागीतामा प्रतियोगिता सञ्चालन हुने आयोजक इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए । प्रतियोगितामा सहभागी टिम र खेलाडीहरुले आफ्नो पहिचान खुल्ने परिचय पत्र,नागरिकता वा जन्म दर्ताको फोटोकपीको साथै वडाको सिफारिस अनिवार्य ल्याउनु पर्ने,फर्जी खेलाडी राखेर ल्याउने टिमलाई प्रतियोगितामा सहभागी नगराईने,प्रत्येक टिमले आफ्नो वडा तथा क्लबको जर्सी,बुट र सीम प्याड अनिवार्य रुपमा ल्याएको हुनुपर्ने आयोजकले जनाएको छ।प्रतियोगितामा सहभागी हुने टिमले असोज १४ गते सोमबार टिम दर्ता शुल्क रु पाँच सय सहित उपस्थित भएर आफ्नो टिम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ ।
“ईश्वरपुर मेयर कप फुटबल प्रतियोगिता २०८१” सञ्चालनका लागि आवश्यक काम सुरु भएको आयोजकले जनाएको छ । लालबन्दी नगरपालिकाले नगरस्तरीय वडा अध्यक्ष कप हरेक वर्ष गरि रहेको भएपनि पछिल्लो समय जिल्लाका अधिकांश स्थानीय तहहरुले आफ्नो नगरमा पनि खेलाडी उत्पादन गर्ने उद्धेश्य सहित खेलकुद प्रतियोगिताहरु सञ्चालन सुरु गरेका छन् ।भव्य र सौहार्दपुर्ण वातावरणमा “ईश्वरपुर मेयर कप फुटबल प्रतियोगिता २०८१” सञ्चालन तथा सम्पन्न गर्न आयोजक लागि परेको छ भने सहभागी हुन टिमहरुलाई आयोजकले आग्रह समेत गरेको छ ।