मरिणमा दुई दिने आँखा शिविर सुरु

269 Shares

सिन्धुलीको मरिण गाउँपालिकामा दुई दिने आँखा जाँच तथा शल्यक्रिया शिविर सुरु भएको छ ।मरिण गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान, काठमाण्डौंको संयुक्त आयोजना तथा गुड भिजन नेपाल र कियुर व्लाइन्डनेस परियोजनाको सहयोगमा शनिबारबाट दुईदिने मोतिबिन्दु आँखाको जाँच तथा शल्यक्रिया शिविर सुरु भएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मोक्तान(प्रख्यात)ले जानकारी दिए ।  
उनका अनुसार मरिण आधारभूत अस्पतालमा सुरु भएको शिविर आईतबार सम्पन्न हुने छ। गाउँपालिकाका अध्यक्ष मोक्तान र उपाध्यक्ष विमला माझीले शिविरको अवलोकन समेत गरेका आयोजकले जनाएको छ।शिविरबाट आँखाका बिरामीले सेवा लिन मरिण गाउँपालिका बासीहरुलाई  गाउँपालिकाले आग्रह गरेको छ । 

सम्बन्धित समाचार