मोक्तानको नेतृत्वमा १३ सदस्यीय आदिवासी जनजाति युवा महासंघ सर्लाही सर्वसहमत चयन

523 Shares

सुमन मोक्तानको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गर्दै आदिवासी जनजाति युवा महासंघ नेपाल सर्लाहीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।“मातृभाषा,संस्कार,संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि हाम्रो अभियान”भन्ने मूल नारा सहित सुरु भएको आदिवासी जनजाति युवा महासंघ नेपाल सर्लाहीको प्रथम जिल्ला अधिवेशन सर्व सहमत जिल्ला कार्य समिति चयन गर्दै सम्पन्न भएको  अध्यक्ष मोक्तानले जानकारी दिए ।ad57edee-ccc2-4a6e-9d16-695e168ab58c.jpg
उनका अनुसार केन्द्रीय सचिव तथा मधेश प्रदेश ईन्चार्ज संजीब मोक्तानको अध्यक्षता एवम बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका पूर्व केन्द्रीय सदस्य तथा चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाको प्रमुख आतिथ्यतामा हरिवन नगरपालिका ५ स्थित घुर्कौलीमा रहेको जनजाति भवनको सभा हलमा प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो ।सम्पन्न प्रथम जिल्ला अधिवेशनले उपाध्यक्षमा टिकाराम सुस्लिङ मगर,महिला उपाध्यक्षमा अंजिता भुजेल,सचिवमा पाख्रिन,सहसचिवमा अरुण ब्लोन र आइसा दनुवार,कोषाध्यक्षमा दिपक माझी सहित निका आले,रवि गुरुङ,रोशन मोक्तान,अशोक घिसिङ,सुरज घलान र रोशन दोङ गरी १३ सदस्यीय जिल्ला कार्य समिति सर्व सहमत चयन गरेको आयोजकले जनाएको छ ।dcac5bac-a3fa-42d4-8ce3-065d9f78f139.jpg
अधिवेशनबाट नव गठित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि लामा सँगै विशिष्ट अतिथि निष्णु थिङ,तामाङ घेदुङका केन्द्रीय सदस्य जयमान पाख्रिन,मगर संघ मधेस प्रदेशका महासचिव तेज नारायण आले,आदिवासी जनजाति महासंघ सर्लाहीका अध्यक्ष एक बहादुर गुरुङ,तामाङ घेदुङ सर्लाहीका अध्यक्ष बुद्ध थिङ,मगर संघका अध्यक्ष पूर्ण रानामगर,महासंघका सचिव दिपक भुजेल र नेपाली कांग्रेसकी मधेस प्रदेश सदस्य सोनी कुमारी बम्जन लगायतले सम्बोधन गरेका हाम्रा सहकर्मी राजु लो तामाङले जानकारी दिए ।7ae1e6b7-b085-49a2-870f-d81223a9a97c.jpg
उनका अनुसार जनजाति अभियन जुन रफ्तारमा जानु पर्ने हो त्यो रफ्तारमा जान नसकेको र थाकेर बस्ने छुट जनजाति अभियान्ताहरुलाई नभएको कार्यक्रमका वक्ताहरुले बताएका छन् ।आदिवासी जनजातिको सवालमा इतिहास,वर्तमान संघर्षका चरणहरुको विषयमाथि पनि वक्ताहरुले चर्चा गरेका तामाङले जानकारी दिए ।

सम्बन्धित समाचार