Close This

हरिवन नगरपालिका ९ मा भएको माेसा दुर्घटनामा दुई घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-७ गते   १०३३ पटक हेरिएको

सर्लाहीकाे हरिवन नगरपालिका ९ स्थित  नाेचामा माेटरसाईकल दुर्घटना हुदा दुईजना गंभिर घाइते भएका छन् । हरिवन नगरपालिका ९ नाेचा स्थित भित्री सडकखण्डकाे विद्युत पाेलमा माेटरसाईकल ठाेक्किँदा दुईजना गम्भिर घाईते भएका प्रहरीले जनाएको छ ।
साेमबार साँझ करिब साँढे ७ बजे हरिवन नगरपालिका ९ नोचास्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको BR-30-V-8293 नम्बरकाे भारतीय माेटरसाईकल विद्युत पोलमा ठक्कर खाँदा मोटरसाईकलमा सबार दुईजना घाईते भएका ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि हरिवन नगरपालिका ३, डाबरी ढापटाेलका अन्दाजी  १८ वर्षीय किरण कुशवाहा र बसबरिया गाउपालिका ४, पछियारी टाेलका अन्दाजी १७ वर्षीय अरुण कुमार यादव गम्भीर घाईते भएका ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र गिरीले जानकारी दिनुभयाे । प्रहरीका अनुसार उनिहरुलाई हरिवन स्थित नमूना अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि वीरगंज पठाईएकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech